काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने आवश्यकता औंल्याएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले देशको दुई तिहाई जनसंख्या कृषि कर्ममा भए पनि त्यस अनुसारको […]
मेचीनगर । मेचीनगर ९, खुट्टीडाँगी क्षेत्रकै सफल शैक्षिक संस्था पारिजात पब्लिक स्कूलले आज आफ्नो १९औँ वार्षिकोत्सव सामाजिक अगुवाहरुलाई सम्मानसहित विविध कार्यक्रम गरेर मनाएको छ । विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच विभिन्न क्षेत्रबाट विद्यालयलाई योगदान पुर्याउने दर्जनौँ व्यक्तिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा पारिजात वर्ष उत्कृष्ट व्यक्तिको रुपमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी केन्द्रीय स्रोत व्यक्ति […]
बुद्धशान्ति । नेपाल विद्यार्थी संघ, बुद्धशान्ति गाउँ समितिको आयोजनामा आज यहाँ अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । गाउँ समितिका सभापति नरेश लावतीको सभापतित्वमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभरका ७ वटा विद्यालयका विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रम संयोजक तथा जिल्ला समितिका सदस्य गोकुल पौडेलले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन […]
अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरु सो कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटी अथोरिटी (अस्क्वा)को निर्णयबाट समस्यामा परेको भन्ने विषयप्रति नेपाल शैक्षिक परामर्श संघ ECAN को गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल शैक्षिक परामर्श संघ ECAN नेपालस्थित शैक्षिक परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठूलोे व्यवसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका […]
बिर्तामोड । मानिसको हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई १० वर्षपछि पक्राउ गरी आज विराटनगरमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले झापाको अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईलाई काँकरभिट्टाबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको हो । केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने आरोपी भट्टराईको मोबाइल कल रेकर्डको आधारमा पक्राउ […]
बिर्तामोड । यहाँस्थित पूर्वी नेपालकै पुरानो शैक्षिक प्रतिष्ठन कनकाई एजुकेशन फाउण्डेसनले आज ३०औं वर्ष शृङ्खलाको म्याराथन गराएको छ । शनिश्चरे बजारदेखि बिर्तामोडको मुक्तिचोकसम्मको दूरीका लागि कलेजस्तरका छात्र र छात्रा तथा विद्यालयस्तरका छात्र र छात्राबीच प्रतियोगितात्मक म्याराथन गराइएको हो । म्याराथनमा कलेस्तरका छात्रा सहभागीहरुमध्ये विनिता गुरागाईं प्रथम, ज्योति राई दोस्रो, रचना तामाङ तेस्रो भए भने सुजा […]
ललितपुर । यहाँस्थित नख्खु क्षेत्रमा अहिले साँझ बम बिस्फोट भएको छ । उक्त घटनामा एकजना जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ । नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिस्फोटबाट घाइते भएकाको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । तर नाम खुल्न सकेको छैन । स्थानीयका अनुसार बम […]
बिर्तामोड । झापामा आजदेखि तीन दिने साकोस अभियानको शुभारम्भ गरिएको छ । बिर्तामोड २ चारपानेमा आयोजित कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले दिप प्रज्वलन गरी यसको शुभारम्भ गरेका हुन् । झापामा पहिलो पटक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने शिलशिलामा शुक्रबार, शनिबार र आइतबार सहकारी सञ्चालनका विभिन्न […]
दहचोकस्थित कालु पाण्डेको समाधिस्थलमा बिहीबार शुरु तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनका अवसरमा धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । महोत्सवमा उपस्थित सर्वसाधारणले प्रधानमन्त्रीलाई स्वागत गरेको गुराँसको फूल प्रधानमन्त्रीले उहाँकी धर्मपत्नीलाई दिनुभएको हो । तस्बिरः कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय
मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुका ५ जना झापाली खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । एक नम्बर प्रदेशस्तरीय उसु खेलाडी छनोट प्रतियोगितामा स्वर्ण पदक जितेका ५ जना खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्ने झापाली टिमका प्रशिक्षक डम्बर यादवले बताए । प्रतियोगितामा पुरुष सान्सोतर्फ सुजन मेचेले ६० केजी र सागर लिम्बूले ६५ केजी तौल समूहमा तथा […]