काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार हुन् भनेका छन् । क्रिश्चियन धर्मावलम्बीहरुको पर्व क्रिसमस डेका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा […]
मेचीनगर । केही वर्ष अघिदेखि सरकारी विद्यालयमा नर्सरी (बालविकास) अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा चालु आर्थिक वर्ष २०७५/०७६ मा कटौती गरिएपछि मेचीनगरमा त्यसको नकरात्मक प्रभाव परेको पाइएको छ । मेचीनगर नगरपालिका अन्तरगत ४० वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा पनि सोही कारण प्रभावित भएका नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर १ बाहुनडाँगीमा […]
मेचीनगर । तीन दिनअघि लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका एक भारतीय नागरिकसहित दुई जनालाई काँकरभिट्टा प्रहरीले लागूऔषध ओसार पसार, बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ स्थित शिला पत्थर होटलबाट होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र […]
अर्जुनधारा । इसाई धर्मावलम्बीहरुले मुख्य पर्व जिसस क्राइस्टको जन्म दिन धुमधामका साथ ‘क्रिसमस डे’ मनाउने भएका छन् । हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे का रुपमा मनाउने चलन छ । इसाई धर्मावलम्बीहरुले यो वर्ष भोलि मंगलबार आफ्ना आदर्श व्यक्तिको स्मरणमा विविध कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने भएका हुन् । इसाई धर्मका अनुयायीहरू सौहार्द्रता […]
झापा । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माणस्थल दमकको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन पूर्व आएका उनले जिल्लास्थित खेल पूर्वाधारको निरीक्षण गरेका हुन् । सचिव सापकोटा नेतृत्वको मन्त्रालयको टोलीले भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधिन […]
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
झापा । महिला उद्यमी संघ नेपाल झापा यसको केन्द्रीय तह महासंघको १५औं वार्षिक साधारणसभामा नेपालमै तेस्रो उत्कृष्ट जिल्लाका रुपमा सम्मानित भएको छ । नेपालभरका ३६ वटा जिल्ला शाखामध्ये झापाले तेस्रो स्थान प्राप्त गरी सम्मान प्राप्त गरेको झापा अध्यक्ष गोमा भट्टराईले जानकारी दिएकी हुन् । महिला उद्यमी संघ नेपाल झापाले आफ्नो जिल्लाका महिलाहरुमा उद्यमशीलता वृद्धि गरी […]
रुघ्ण अवस्था समस्याको डङ्गुर न्यून आय स्रोत प्रशस्तै आँखीझ्याल भएका आँङमा झुण्डिएका कपडा सारङ्गी झैं बनेको पेट कलेटी परेका ओठहरु सहस्र मूजाले ढाकेको वयस्क उमेर मखिया लागेका दाँतहरु चिम्रिएका आँखाहरु काँइयोसँग भेटघाट नभएको र साबुन पानी नदेखेको कपाल लामो खडेरी पछिको धर्ती झैं चिरैचिरा परेका खुट्टाहरु विकासे वजेटका बाटाहरु झैं ठेलैठेलाले भरिएका हातहरु च्यातिएको गुन्द्रीमा […]
जनकपुर । झापाको भद्रपुरका युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको छ लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा सफल बनेका ढकालको योगदानको कदर गर्दै नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५औं राष्टिय महाधिवेशन उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित ढकाललाई सम्मानपत्र प्रदान […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ९ मा रहेको उज्यालो दुर्गा बाल क्लबलाई इडन गार्डेन बोर्डिङ स्कूलले खेलकुद सामग्री बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच उक्त स्कूलले क्लबलाई विभिन्न खेलकुद सामग्री प्रदान गरेको हो । उज्यालो इडन बाल क्लबको संयोजनमा भएको कार्यक्रममा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिन्टन, स्केपिङ, डायरी साथै टि–सर्ट प्रदान गरेको हो । रिता […]