बिर्तामोड । द हविअटो टेड्रिङ प्रालिले आफ्ना २३ जना ग्राहकलाई आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सुनको सिक्का प्रदान गरेको छ । आयसर ट्रयाक्टरको खरिदमा सुनको बहार अभियान अन्तरगत २३ जना भाग्यशाली ग्रहकलाई ५ ग्रामका सुनको सिक्का प्रदान गरेको हो । कम्पनीका अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा आयसर ट्र्याक्टर्सका सहप्रबन्धक बिजेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्य रहेको […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज आमसञ्चारको उपयोग, पत्रकारिता, सूचनाको हक एवम् मुलुकी संहिताबारे प्रशिक्षण दिइएको छ । झापाको पहिलो समाचारमुलक न्यूजपोर्टल साझामञ्च डट कमको मातृसंस्था साझामञ्च मिडिया प्रालिको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण दिइएको हो । खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कार्यक्रममा सहजीकरण गरेका […]
झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा भारतको महाराष्ट्र गएको भ्रमण दलले पुणेस्थित एमआइटी विश्व शान्ति विश्वविद्यालयको अवलोकन गरेको छ । ५ दिने भ्रमणको दोस्रो दिन एमआइटी विश्व शान्ति विश्वविद्यालयका संस्थापक प्रोफेसर डा. विश्वनाथ डी. कराडसँग सामाजिक विकास मन्त्री घिमिरेसहितको नेपाली भ्रमण टोलीले भेट गरी प्रदेश १ को शैक्षिक गुणस्तर बृद्धिका […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रमुख आतिथि बनाएर गरिएको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथिहरु तथा सहभागी शेयर सदस्यहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शब्दद्वारा स्वागत गरेका थिए […]
अर्जुनधारा । अर्जुनधारा–९ स्थित कालिस्थान सिद्ध शक्तिपीठको १५औं वार्षिक अनुष्ठान अन्तर्गत श्रीमद्पद्ममहापुराण, धान्यलक्ष्मीपूजन, रुद्राभिषेक हवनादि महायज्ञ आजदेखि शुरु भएको छ । अनुष्ठानको समाजसेवी राजकुमार पोखरेलले १५ वटा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिदिएका छन् । अनुष्ठानको उद्घाटन कार्यक्रममा समाजसेवी पोखरेलले मानवले धर्मको रक्षा गर्नसके धर्मले सबै समुदायको रक्षा गर्ने धारणा राखेका छन् । अनुष्ठान समुद्घाटनको अवसरमा […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २-२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । अन्तरप्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले यस्तो सम्बन्धको कुरा उठाएका हुन् । प्रधानमन्त्री ओलीले तीन तहका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने भन्दै सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नु पर्ने […]
कमल । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कमल गाउँपालिका २ मा अवस्थित ज्योति माद्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । मन्त्री कार्कीले विद्यालयको अवस्थाका बारेमा आफूलाई जानकारी भएको बताउँदै आफ्नो तर्फबाट आवश्यक पहल हुने आश्वासन दिँदै पूर्वाधार विकासमा कमल गाउँपालिकाले तत्कालै काम थाल्नुपर्ने सुझाएका छन् […]
बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाले सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुमाझ पुष २ गते जोखिम विश्लेषण कार्यशाला सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कोनका केन्द्रीय सञ्चालक केशवप्रसाद पोखरेलले साकोसमा जोखिम विश्लेषण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव उपेन्द्रप्रसाद ओलीले सञ्चालन […]
बिर्तामोड नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना सहकारी ऐन २०७४ र बिर्तामोड नगरपालिका सहकारी ऐन २०७५ को दफा ५२ अनुसार सहकारी संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र लेखापरीक्षण प्रतिवेदन र पौष मसान्तसम्म वार्षिक साधारणसभाको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । हालसम्म केही सहकारी संस्थाहरुले मात्र यस्तो प्रतिवेदन बुझाएको र […]