कमल । कमल गाउँपालिकाको केर्खाबजार–क्याम्पाबजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माण गर्ने भनी भत्काएको एक वर्षभन्दा बढी समय बितिसक्ता पनि काम सम्पन्न नगर्दा उडेको धुलोका कारण हैरान भएका बासिन्दा भेलाभई आज सडक निर्माण सरोकार समिति गठन गरेका छन् । रामचन्द्र बरालको संयोजकत्वमा गठित २१ सदस्यीय सरोकार समितिले सडक निर्माणका लागि ठेक्का लिएको कम्पनी र गाउँपालिकालाई एकसाथ […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकाले अवकाश लिँदा ४० हजार रुपैयाँ पाउने भएका छन् । १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आफ्नो नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई अवकासको समयमा ४० हजार रुपैयााँ प्रदान गर्ने घोषणा गरेका हुन् । स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैँया […]
मेचीनगर । झापाको मेचीनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा शनिश्चरे फुटबल क्लबले दमक फुटबल ट्रेनिङ्ग सेन्टरलाई ० का विरुद्ध ३ गोलले पराजित गरेको छ । मेची विद्योदय प्राविको खेल मैदानमा प्रतियोगितामा भइरहेको छ । खेल सुरु भएको ९ मिनेटमा शनिश्चरे फुटबल क्लबका नानी लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । […]
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापीरुपमा हिन्दू जागरण राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले प्रदेश स्तरीय प्रजातान्त्रिक भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए । मंसीर २१ र २२ गते बिर्तामोडमा हुने प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण भेलामा राप्रपाका अध्यक्ष कमल थापा तथा राष्ट्रिय हिन्दू नेपालका […]
कनकाई । नेपाली कांग्रेस महिला संघ कनकाई नगर समितिको आयोजनामा लैङ्गिक हिंसा विरोधी कार्यक्रम गरिएको छ । लैंगिक हिसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सेरोफेरोमा कार्यक्रम गरिएको हो । हरेक वर्ष नोभेम्बर २५ बाट सुरु भई डिसेम्बर १० सम्म १६ दिन यो अभियान विश्वभर चलाइन्छ । यही अवसरमा लैङ्गिक हिंसालाई अन्त्य गर्न स्थानीयदेखि संघीय सरकार […]
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । धेरै जसो जलविद्युत् आयोजनाका प्रवद्र्धकहरु सुगम क्षेत्रमा मात्रै जलविद्युत् आयोजना निर्माण […]
कमल । कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष केदार कटुवालले एक बालिकाको अविभावकत्व ग्रहण गरेका छन् । जेसीज सप्ताह समापनको अवसरमा कटुवालले आफ्नै वडाको बाँसबारी आधारभूत विद्यालय कक्षा ९ मा अध्ययनरत रोशनी तामाङ्गको शिक्षाका सहयोग गर्ने घोषणा गरेका छन् । रोशनीले कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक […]
बुद्धशान्ति । खुदुनाबारी स्पोटिङ क्लब झापाको बुद्धशान्ति–१ भोटेटारमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ । सोमबार भएको खेलमा आदर्श युवा क्लब बुधबारेलाई ३-० ले हराउदै खुदुनाबारी स्पोटिङ क्लबले सेमीफाइनलको यात्रा तय गरेकोे हो । भोलिको खेल नवज्योति क्लब जयपुर र धाइजन स्पोटिङ क्लब बिच खेल हुने आयोजकका प्रकाश भण्डारीले जानकारी […]
मेचीनगर । राजस्व संकलनमा पूर्वकै महत्वपूर्ण मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७५/०७६को मंसीर दोस्रो सातासम्म असुलीको तुलनामा प्रगति गर्न सकेको छैन । पछिल्लो समय राजस्व असुली घट्नुको मुख्य कारण राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आएको भन्सार अधिकारीहरु बताउँछन् । कूल राजश्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ […]
मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले अवैधरुपमा नेपाल भित्राएका करीव ४ लाख रुपैयाँ मूल्य बराबरका भारतीय सामान बरामद गरेको छ । कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगरका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेका सामानहरुमा रुख काट्ने चार थान मेशीन, ९६ पिस जिपरसहित लत्ता कपडा, स्टीलका भाडावर्तन रहेका छन् । […]