झापा । नेपाल कुखुरापालक संघले काठमाडौंमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० तोकेसँगै झापामा पनि नयाँ मूल्य निर्धारण गरिएको छ । नेपाल कुखुरापालक संघ झापाका अध्यक्ष राजन पौडेललगायत पालिकाका अध्यक्षहरु मिलेर साउन १० गतेबाट लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको न्यूनतम मूल्य प्रतिकेजी १९० देखि अधिकतम २०० रुपैयाँसम्म बेच्ने निर्णय गरेको अध्यक्ष पौडेले बताए । ब्रोइलर कुखुरापालक […]
झापाको बिर्तामोडस्थित महानन्द चोकबाट उत्तर तथा कप्तानबारीको दक्षिणी भागमा पर्ने अर्जुनभारा नगरपालिकाको ६ नम्बर वडा भौगोलिक रुपमा निकै राम्रो क्षेत्र मानिन्छ । गत स्थानीय चुनावमा सो वडामा अध्यक्ष पदका लागि चारजना उम्मेदवार मैदानमा थिए । नेकपा एमालेबाट लोकनाथ गौतम, नेपाली कांग्रेसबाट रमेशकुमार काफ्ले, माओवादीबाट मेघराज आचार्य र स्वतन्त्र उम्मेदवार हरिश्चन्द्र बाँस्तोला मैदानमा थिए । चार […]
बिर्तामोड । दक्षिण एशियाली मुलुक बंगलादेशमा उत्पादन गरिएका फर्निचरहरु झापाको बजारबाट बिक्री हुन थालेको छ । बंगलादेशको ख्यातीप्राप्त औद्योगिक प्रतिष्ठान प्रान–आरएफएल समूहको उत्पादन पहिलो पटक नेपालमा भित्र्याइएको हो । वुडन, एलबी र मेटल तीन विधाका फर्निचर सामग्री उत्पादन गर्ने आरएफएल समूहले २१औं शताब्दीका उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न १५० किसिमका आकर्षक डिजाइनका फर्निचर उत्पादन गर्ने […]
पाँचथर । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् । एक महिना पहिलेदेखि टमाटर बिक्री नहुँदा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको गुनासो बढेपछि वास्तविकता बुझ्न टोली कृषकको बारी मै पुगेको हो । केही दिन अघि किसानले टमाटर सडकमा पोखेर सांकेतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुग्ने […]
बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक–जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु स्थलगत अवलोकनमा जाँदा […]
काठमाडौं । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । आज मंगलबारबाट साउन १३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवम् निर्देशन चे शंकरले गरेका छन् । निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवम् ऐतिहासिक सम्पदाहरू […]
आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षणका सम्बन्धमा झापा जिल्ला सहकारी संघ लिमिटेडको सहकारी संस्थाहरुलाई अत्यन्त जरुरी सूचना !!! १. आर्थिक वर्ष समाप्त भएको मितिले पहिलो ३ महिना भित्र प्रचलित कानून बमोजिम लेखा परीक्षण गराउनु पर्नेछ । र, ६ महिना अर्थात पौष मसान्त भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्नेछ । २. साधारणसभाबाट नियुक्त गरिएको लेखा परीक्षकको बारेमा […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० परिवार विपन्न उपभोक्तालाई निःशुल्क खाट प्रदान गरेको छ । केही वर्ष अघिदेखि सामुदायिक वनले गरिव परिवारको छनौट गरी सुत्ने खाट प्रदान गर्दै आएको वन समूहका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिएका छन् । सो वन समूहले स्थानीय पुकार अपाङ्ग अशक्त परोपकार संस्थालाई दुई थान र […]
केही समय अघिदेखि झापाको शिवसताक्षी नगरपालिकामा नगर शिक्षा अधिकारी तोयानाथ रेग्मी माथि नगरप्रमुख चन्द्रकुमार शेर्माले गरेको ज्यादती सर्वविदितै छ । शिक्षाजस्तो महत्वपूर्ण विषयमा प्रचलित ऐन, नियम र कानूनको अधिनमा रही स्वतन्त्रतापूर्वक शैक्षिक क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गतिविधि प्रभावित हुन पुगेको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नगर शिक्षा अधिकारीलाई प्रचलित ऐन, नियम […]
झापा । नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । देउमानकी ७८ वर्षीया आमा दधिमाया थेवेको आइतबार राति उपचार कै क्रममा निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण केही समयदेखि अस्वस्थ दधिमायाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय दधिमायाका श्रीमान वुद्धिमान थेवे, […]