Sajhamanch Archive

उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले.

पाँचथर  । विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् । नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारतीय अवरोध हटाउन पहल गर्नुपर्ने माग समेत […]

सरकारले सर्वसत्तावादी शैली बढाउन थाल्योः नेता सिंह

Published: in राजनीति by . Leave a Comment on सरकारले सर्वसत्तावादी शैली बढाउन थाल्योः नेता सिंह.

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् । कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले कांग्रेसले भन्दै आएको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै गएको बताए । हामीले चुनावमा भनेको अधिनायकवाद अहिले आएर पुष्टि हुँदै गएको छ’, उनले […]

डुंगा दुर्घटना ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on डुंगा दुर्घटना ८ जनाको मृत्यु.

काठमाडौं । अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अमेरिकाको ब्रान्सन शहर नजिक रहेको प्रख्यात टेबल रक तालमा ३० जना पर्यटक बोकेको डुंगा दुर्घटना भएको हो । खराब मौसममा कारण दुर्घटनामा परेका  ७ जनालाई भने जिउँदै उद्वार गरिएको छ । अन्य भने बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अमेरिकी […]

शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो, कोरियन वन स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो, कोरियन वन स्थिर.

काठमाडौं।  नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा […]

नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने

Published: in समाज by . Leave a Comment on नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने.

काठमाडौं । आफ्नो सजिलोका लागि जहाँ पायो त्यहीँबाट सडक पार गर्दै हुनुहुन्छ ? या आकासे पुल चढ्न झन्झट मानेर पुलमुनिबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँ समातेर आधा घण्टादेखि २ घण्टासम्मको कक्षा दिनसक्छ । आइतबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक पार गर्ने तथा आकासे पुल प्रयोग नगर्ने पैदल […]

संसदीय समितिमा कांग्रेसले खोज्यो एक तिहाइ हिस्सा : नेकपा भन्छ हुँदैन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on संसदीय समितिमा कांग्रेसले खोज्यो एक तिहाइ हिस्सा : नेकपा भन्छ हुँदैन.

 काठमाडौं । संघीय संसदमा करिब २० प्रतिशत संख्या रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले कम्तीमा ३० प्रतिशत हिस्सा मागेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । संसदका दुवै सदनमा करिब दुई तिहाइ बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी भने संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिको नेतृत्व कांग्रेसलाई दिन तयार छैन । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै […]

सुरक्षाका अभावमा स्थानीय तहमा बैंक स्थापना ढिलाई : राष्ट्र बैंक

Published: in अर्थतन्त्र by . Leave a Comment on सुरक्षाका अभावमा स्थानीय तहमा बैंक स्थापना ढिलाई : राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे। रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै […]

धरान उपमहानगरपालिकाका नगरप्रमुखको निधन

Published: (Updated: ) in समाज by . Leave a Comment on धरान उपमहानगरपालिकाका नगरप्रमुखको निधन.

धरान ।  धरान  उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो। दुईसातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो। विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ। -थाहाखबरबाट

सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार तयार छ : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार तयार छ : अर्थमन्त्री खतिवडा.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको बताएका छन । अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर सबै स्थानीय तहमा बैंक स्थापना हुने र बैंकहरुलाई सुरक्षा दिने योजना भैरहेको बताए । सरकारले सबै स्थानीय तहमा अब तत्काल बैंक स्थापना गर्ने पनि जानकारी दिए । मंगलबार नविल बैंकले काठमाडौंमा […]

भानु जन्मजयन्तीका अवसरमा : धुर्मुस र सुन्तलीसहित ६ सम्मानित

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भानु जन्मजयन्तीका अवसरमा : धुर्मुस र सुन्तलीसहित ६ सम्मानित.

झापा ।  आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा कलाकार तथा सामाजिक अभियान्ता दम्पति सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहित ६ जनालाई झापामा सम्मान गरिएको छ। झापाको मेचीनगरस्थित भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाेमा उच्च मूल्यांकन गर्दै सामाजिक अभियन्ता दम्पति कट्टेल र घिमिरेलाई नगद एक लाखसहित सम्मान पत्रले सम्मान गरेका हुन्। त्यसैगरी धनमाया देवकुमारी, प्रजापति […]