रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपर र लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अन्दाजी २३ वर्षीय युवकको ज्यान गएको हो । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । […]
चर्चित युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रुपमा डेब्यु गरेको लभस्टोरी फिल्म ‘शुभ लभ’ को टाइटल गीत सार्वजनिक भएको छ । पोखरामा खिचिएको गीतमा हरिहर आफ्नी प्रेमिका कृष्टिन पौडेल लाई फकाउँदै देखिएका छन् । गीतमा निशान भट्टराई र मिना सिंहको स्वर छ । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ […]
पूर्व युवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै लगेका छन् । पारसले आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् । विदाका दिनहरूमा पूर्व युवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् । पारस बेला–बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् । चापागाउँ भन्दा अलिक माथि गएपछि एउटा फार्म हाउस […]
आज कोरियन वन केही पैसा बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकिएको थियो । […]
मान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारबाहीका लागि दुवै जनालाई […]
नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । करीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटाबेस हो । शोधकर्ताले यसलाई संग्रह नम्बर १ का रुपमा पेश गरेका छन् । उनले भनेका छन्, […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीनिकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ )को म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बैठक डाकेको हो । पार्टी केन्द्रीय कार्यालय, सानेपामा अहिले बिहान ११ बजे बैठक बोलाइएको जानकारी दिँदै केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘बैठक मुख्यगरी नेविसंघ विवाद, सदनमा हामीले गरिरहेको अवरोध […]
प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको […]
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २–० गोलअन्तरले पराजित भएको हो । बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सषंर्ष गरेको र वर्षौंवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट गरे । नेपाल नयाँ राजनीतिक […]