Sajhamanch Archive

पत्रिकामा खानेकुरा खाँदा क्यान्सरको जोखिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on पत्रिकामा खानेकुरा खाँदा क्यान्सरको जोखिम.

धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् । यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै […]

विकास बोर्डकी अध्यक्ष निकितालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विकास बोर्डकी अध्यक्ष निकितालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण.

सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै […]

भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने.

संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुआईडोले भने यसको स्वागत गरेका छन् । अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पूर्व–अभ्यास भएको मादुरोको विश्लेषण छ । विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् । […]

ल्होसारमा सार्वजनिक बिदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ल्होसारमा सार्वजनिक बिदा.

हेटौंडा ।  प्रदेश नम्बर ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनाम ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो। तामाङबाहुल्य प्रदेश नं […]

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै.

एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछ। युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेलेको थियो । दुबै श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ […]

कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्दै.

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेता आफ्नो गृहजिल्ला पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् भने महामन्त्री डा। शशांक कोइराला नवलपुर तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा चितवन पुगेका […]

विश्व क्यान्सर दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व क्यान्सर दिवस मनाइँदै.

विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको हो । […]

लापरवाहीले बालकको मृत्यु भएको भन्दै बिर्तासिटी अस्पतालमा तोडफोड

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लापरवाहीले बालकको मृत्यु भएको भन्दै बिर्तासिटी अस्पतालमा तोडफोड.

उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै […]

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै.

सगरमाथाको नयाँ उचाइको निर्क्योल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ […]

राष्ट्रपति भण्डारी चीन र अमेरिका जाने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी चीन र अमेरिका जाने.

दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले […]