Sajhamanch Archive

नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म

Published: in टिप्स/जानकारी by . Leave a Comment on नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म.

पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको जीवनमा बनेकोुएक्सिडेन्टल प्राइमिनिस्टरु फिल्मको ट्रेलरले भारतीय राजनीति र समाजमा बहस पैदा गरेको छ। लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको उक्त फिल्मले विवाद ल्याएको हो। भारतीय राजनीति र समाज उक्त फिल्मको ट्रेलरमा देखाइएका दृश्य र संवादका पक्ष र विपक्षमा बहस गरिरहेका छन्। यसैबीच भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्ने […]

भारतबाट तेस्रो देश उड्न झमेला

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भारतबाट तेस्रो देश उड्न झमेला.

नयाँदिल्ली । नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगान्डा जान शुक्रबार बिहानै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । भारतीय अध्यागमन अधिकारीहरूले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नमिल्ने भन्दै फर्काइदिए । युगान्डाको राजधानी कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय भेलामा सहभागी हुने र त्यहीँ अभिभावकसँग भेट्ने योजनामा थिइन् सुरभी । यसअघि पनि थुप्रै पटक दिल्लीबाट उडेकी उनलाई त्यतिबेला एनओसी मागिएको […]

एकताको सन्देश सेलाउन नपाउँदै कांग्रेसमा तेस्रो गुट सक्रिय

Published: (Updated: ) in राजनीति by . Leave a Comment on एकताको सन्देश सेलाउन नपाउँदै कांग्रेसमा तेस्रो गुट सक्रिय.

काठमाडौं । १३ औं महाधिवेशन सम्पन्न भएको झण्डै तीन वर्षपछि यही पुस ८ गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता–कार्यकर्ताहरुलाई सन्देश दिए– अब कांग्रेसमा एकता भयो, गुट–उपगुट छैन । सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबीच चलेको नौ दिनसम्मको रस्साकस्सीपछि अप्रत्याशित ढंगबाट एकताको सन्देश दिँदै […]

विभिन्न देशको मुद्राको विनिमयदर

Published: in अर्थतन्त्र by . Leave a Comment on विभिन्न देशको मुद्राको विनिमयदर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको ९पुस १५० लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

कसरी गर्ने दाँतको ख्याल ?

Published: in स्वास्थ्य by . Leave a Comment on कसरी गर्ने दाँतको ख्याल ?.

काठमाडौं । कतिलाई झट्ट सुन्दा ‘मुख स्वास्थ्य’ शब्द अनौठो लाग्न सक्छ । मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र तालु समेतलाई मुख स्वास्थ्यभित्र समेटिने गरिएको छ । अन्य स्वास्थ्यको तुलनामा मुख स्वास्थ्यलाई कमै महत्व दिइन्छ र मुख स्वास्थ्यबारे हामीले सामान्य कुराहरुमा ख्याल नगर्दा ठूलो समस्या पनि आइपर्छ […]

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे : नेपाल ११६ औं स्थानमा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे : नेपाल ११६ औं स्थानमा.

काठमाडौं । विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ। विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत […]

नेकपाको राजनीतिक प्रतिवेदन पारित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेकपाको राजनीतिक प्रतिवेदन पारित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई […]

यो वर्षकै सबैभन्दा चिसो दिन आज

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on यो वर्षकै सबैभन्दा चिसो दिन आज.

काठमाडौं । आज शुक्रबार यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी गराए अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ । गएको बुधबारको तापक्रम दशमलब ५ डिग्री सेल्सियस रहेको थियने । हिजो बिहीबार भने तापक्रम बढेर ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको […]

विज्ञानका लागि आफ्नो शरिरलाई २७,००० टुक्रा पार्न तयार भइन् यी महिला

Published: in विविधा by . Leave a Comment on विज्ञानका लागि आफ्नो शरिरलाई २७,००० टुक्रा पार्न तयार भइन् यी महिला.

जतिबेला विज्ञानको कुरा आउँछ, धेरैजसो पुरुषकै कुरा आउँछ । फलानोले यस्तो गर्यो ढिस्कानाले उस्तो गर्यो । विज्ञानमा महिलाको योगदान पनि रहेको धेरैले बिर्सन्छन् । यहाँ एउटा यस्तै घटनाबारे कुरा गरिएको छ । अमेरिकामा एउटा स्थान छ, डेनवर । त्यहाँ बस्थिन् सुसन पोटर । ८४ वर्षको उमेरमा उनको निमोनियाका कारण मृत्यु भयो । तर मृत्यु अघि […]

काँग्रेसका को हुन् गृहजिल्ला नजाने नेता ?

Published: in राजनीति by . Leave a Comment on काँग्रेसका को हुन् गृहजिल्ला नजाने नेता ?.

काठमाडौं । काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् । पार्टीले बिहीबार जारी गरेको सूचीमा केन्द्रीय समितिका नौ जना नेताहरुको नाम नभएकाले उनीहरु यही कार्यक्रमका लागि गृहजिल्ला नजाने भएका हुन् । नेपाली काङ्ग्रेसले पुस १६ गते मेलमिलाप दिवसको अवसरमा देशभर […]