Sajhamanch Archive

चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौको यार्सागुम्बा अलपत्र

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौको यार्सागुम्बा अलपत्र.

चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् । बझाङमा प्रतिकिलो १५ देखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीदले १२ लाखमा मात्रै किन्ने भएपछि नेपाली व्यापारीदे बिक्री नगरेका हुन् । सुर्मा गाउँपालिकाका यार्सा व्यापारी उमेश काठमाडौं पु¥याएको १५ […]

तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तेस्रो लिङ्गी शब्दमा सांसदकै आपत्ति.

नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने […]

‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’.

अमेरिकाले उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको जनाएको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बिएगुनले उत्तर कोरिया सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको बताएका हुन् । उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता बढाउने सबै सामग्री नष्ट गर्न सहमत भएको र परमाणु निशस्त्रीकरण प्रक्रियाका बारेमा छलफल गर्न उसले […]

अनैतिक क्रियाकलापमा संलग्न १० जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनैतिक क्रियाकलापमा संलग्न १० जना पक्राउ.

प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न १० जनालाई सप्तरीमा पक्राउ गरेको छ । राजविराज नगरपालिका ७ मा रहेको राजदेवी लज र दिपसाजन लजमा अनैतिक क्रियाकलाप भैरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । गोप्य सूचनाको आाधारमा ७ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी […]

पुरुषभन्दा धेरै समय सुत्नुपर्छ महिला

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on पुरुषभन्दा धेरै समय सुत्नुपर्छ महिला.

औसत मानिसले दिनमा कम्तीमा आठ घण्टा मजाले सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् । अझ महिलाहरुको हकमा पर्याप्त निद्रा अति आवश्यक हुने उनीहरुको भनाई छ । तर, हाम्रो समाजमा पुरुषभन्दा महिला कम सुत्छन् । महिलाहरु राति अबेरसम्म घरधन्दामा व्यस्त हुन्छन् भने बिहान ४-५ बजे नै उठेर चुलौचौको गर्छन् । यसरी उनीहरुको सुताई पर्याप्त हुँदैन । निद्राको कमीले […]

पहिरोमा पुरिएर बेपत्ता २ जना मृत फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोमा पुरिएर बेपत्ता २ जना मृत फेला.

जिल्लाको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ […]

प्रकाण्डका छोरा गोलीसहित पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रकाण्डका छोरा गोलीसहित पक्राउ.

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो । कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्माको साथमा रहेको […]

कूटनीतिज्ञहरुसँग छलफल गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कूटनीतिज्ञहरुसँग छलफल गर्दै.

सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई विफिङ गर्ने प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए । साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई दिएरपनि अन्तराअष्ट्रिय समुदायले चासो देखाएका […]

‘गुप्त’ को आइटम गीतमा सुष्मा बोल्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘गुप्त’ को आइटम गीतमा सुष्मा बोल्ड.

ब्याक टू ब्याकु आफू अभिनीत फिल्म असफल भएपछि फिल्मी दुनियाँबाट दूरी बढाएकी अभिनेत्री सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम गीतमा ठुम्का लगाउँदै देखिएकी छन् । म आँख मारिदिन्छुु बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ । गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई […]

गाँजा खेती नष्ट

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाँजा खेती नष्ट.

प्रहरीले खेतमा लगाइएको अवैध लागु औषध गाँजा नष्ट गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका वदा नम्बर ४ निर्मल बस्तीमा लगाइएको १ कठामा लगाइएको गाजा फडानी गरेर नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले उक्त क्षेत्रफलमा अवैध रुपमा खेती गरिएको लागु औषध गाँजाको बिरूवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]