काठमाडौं । संविधान अनुसार मौलिक हकको कार्यान्वयका लागि आवश्यक कानुन बनाउन ढिलाई भएपछि संघीय संसदले अन्तिम समयमा आएर नियम निलम्बन गरी फास्ट ट्रयाकबाट विधेयक पास गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालको संविधानको धारा ४७ बमोजिम मौलिक हक कार्यान्वयन का लागि संविधान प्रारम्भ भएको मितिले ३ वर्षभित्र अर्थात् यही असोज २ गते भित्र राज्यले आवश्यक […]
काठमाडौं । नेपाल–भारतबीचको सिमाना अध्ययन गर्न गठित सीमा कार्यदलको बैठक असोज पहिलो साता काठमाडौंमा हुने भएको छ । आगामी असोज ३ देखि ५ गतेसम्म चल्ने बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त कार्यदलसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर नेपालको राष्ट्रिय […]
रामेछाप ।६५ वर्षीय हजुरबुवाले तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले लागेर हजुरबुवाको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई […]
काठमाडौँ । ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ सरकारले भाद्र २९ मा राष्ट्रिय बाल दिवस मनाउने तयारी गरेको छ । महिला बालबालिका विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘राष्ट्रिय बाल दिवस’ देशव्यापी रुपमा मनाउने सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठको अध्यक्षतामा भएको […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका हुन् । सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टाली स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाली टोली फाइनल खेल अगावै स्वदेश फर्किएको हो । नेपालले साफ च्याम्पियनसिपमा ४ खेल खेलेको थियो । समूह चरणको पहिलो पाकिस्तानसँगको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो र तेस्रो भुटान […]
अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेपछि प्रियंकासँग सलमान खान यति रिसाएका छन कि उनी प्रियंकालाई कुरा सुनाउन कुनै पनि कसर छोडिरहेका छैनन । केही समययता सलमान खानले विभिन्न कार्यक्रममा जाँदा प्रियंकाको बारेमा आफ्नो मनमा लागेको कुरा पोखिहाल्छन् । प्रियंकाले अन्तिम समयमा आएर झुठो बहाना बनाएर फिल्म छोडेर धोका दिएको बारेमा भनिरहन्छन् । सलमानले […]
विराटनगर । विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ वर्षीया, दमक नगरपालिका-१ बस्ने २० वर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ वर्षीया र काठमाडाैं महानगरपालिका-३५ बस्ने २८ वर्षीया चेलीहरुको उद्धार गरेको हो । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात […]
काठमाडौं । संविधानको धारा १० ले नेपालमा बसोबास गर्दै आएका कसैलाई पनि नागरिकता प्रदान गर्नबाट बन्चित गर्न नहुने व्यवस्था गरेको छ । यो प्रावधानलाई कार्यान्वयन गर्ने गरी आएको नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । एकातिर नागरिकता प्रदान गर्दा आमा वा बुबामध्ये एकको नाम मात्रै पहिचानका लागि […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ […]