Sajhamanch Archive

विप्लवसहित सबै पक्षलाई वार्तामा आउन सरकारको औपचारिक आह्वान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवसहित सबै पक्षलाई वार्तामा आउन सरकारको औपचारिक आह्वान.

काठमाडौं । सरकारले विप्लव नेतृत्वका नेकपासहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी बार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो । पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, […]

किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

Published: in समाज by . Leave a Comment on किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा.

कञ्चनपुर  ।   बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन्। उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै […]

इन्धनको मूल्य बढाएकोमा कांग्रेसले गर्‍यो भारत बन्द

Published: in राजनीति by . Leave a Comment on इन्धनको मूल्य बढाएकोमा कांग्रेसले गर्‍यो भारत बन्द.

काठमाडौं । पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ […]

कांग्रेसको गुटको राजनीतिले कार्यकर्ता निराश

Published: in राजनीति by . Leave a Comment on कांग्रेसको गुटको राजनीतिले कार्यकर्ता निराश.

सर्लाही । नेपाली काँग्रेस भित्र मौलाएको गुटबन्दीको राजनीतिले सर्लाहीलाई नराम्रोसँग सताएको छ। जिल्लामा अहिले मौलाउँदै गएको गुटबन्दीको राजनीतिलाई केन्द्रीय तहका नेताहरूले  थप मलजल गर्ने गरेपछि यो समस्य जटिल बन्दै गएको हो । एक साता अघि सदरमुकाम  मलंगवामा नेपाली काँग्रेस- २ नम्बर क्षेत्रले आयोजना  गरेको   क्षेत्रीय स्तरीय कार्यकर्ता भेलालाई  संस्थापन पक्षका नेता कार्यकर्ताहरूले बहिष्कार गरेपछि पार्टी भित्रको […]

‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक .

काठमाडाैं ।  चलचित्र छक्का पञ्जा ३ को अर्को गीत ‘ पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ ।  सोमबार बिहान ११ बजे युट्यूब च्यानल हाईलाईट्स नेपालबाट गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, दिपीका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलाई फिचर गरिएको छ । दीपकराज गिरी र अर्जुन पोखरेलको शब्द […]

बिहेको प्रश्नमा क्रोधित भइन् दिपिका

Published: in टिप्स/जानकारी by . Leave a Comment on बिहेको प्रश्नमा क्रोधित भइन् दिपिका.

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् । दिपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा एक पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ?’ उक्त प्रश्नलाई दिपिकाले सहजरुपमा लिइनन् । उनले सुरुमा असम्वन्धित […]

विश्व आत्महत्या रोकथाम दिवस अाज

Published: in समाज by . Leave a Comment on विश्व आत्महत्या रोकथाम दिवस अाज.

काठमाडौं । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। जनचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ। आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ। प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु हुने तथ्या‌ंकले  देखाउँछ। हरेक ४० सेकेण्डमा विश्वमा एक व्यक्तिले आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुने विश्व स्वास्थ्य संगठनको तथ्या‌ंक  छ। संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या […]

सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ […]

प्रधानमन्त्रीले जे भन्नु भयो त्यही हुन्छः प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्रीले जे भन्नु भयो त्यही हुन्छः प्रचण्ड.

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर […]

गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

Published: in विविधा by . Leave a Comment on गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार.

  सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ । बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ […]