Sajhamanch Archive

अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ । बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो । अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा […]

लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोक सेवाको परीक्षाबाट ८ जना नक्कली परीक्षार्थी पक्राउ.

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक […]

भद्रपुरको देवीबस्ती नाकाबाट पाँच बोरा जुत्ता चप्पल बरामद

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरको देवीबस्ती नाकाबाट पाँच बोरा जुत्ता चप्पल बरामद.

विर्तामोड । भद्रपुर भन्सार कार्यालयमा सेटिङमा राजश्व चुहावट हुने गरेको घटना सञ्चारमाध्यमले छताछुल्ल पारेपछि कारोबारी र व्यापारीहरूले अहिले भन्सार जान छाडेका छन् । उनीहरू सीमा नाकाबाट तस्करीको माध्यमबाट सरसामान भित्राउने योजनामा लागि परेका छन् । कारोबारी तथा व्यापारी भन्सार जान छाडेपछि भद्रपुर सीमा क्षेत्रमा सशस्त्रले थप निगरानी बढाएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल […]

विश्वमा छ करोड ८५ लाख बढीलाई कोरोना सङ्क्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वमा छ करोड ८५ लाख बढीलाई कोरोना सङ्क्रमण.

विश्वमा हालसम्म छ करोड ८५ लाख बढीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र पाँच लाख ७६ हजार पाँच सय ७९ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या छ करोड ८५ लाख ४२ हजार एक सय ३३ पुगेको हो । कोरोनाका कारण विश्वमा १५ लाख ६२ हजार २५ जनाको मृत्यु भइसकेको छ । एकै […]

तमिलकी नायिकाले २८ वर्षको उमेरमा गरिन् आत्महत्या, होटलको कोठाभित्र भेटियो शव

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तमिलकी नायिकाले २८ वर्षको उमेरमा गरिन् आत्महत्या, होटलको कोठाभित्र भेटियो शव.

मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग […]

फोटोसुटमा टपलेस अदा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फोटोसुटमा टपलेस अदा.

निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् । एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर […]

छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन.

काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन […]

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर.

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन […]

विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक

Published: in खेलकुद by . Leave a Comment on विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक.

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ । सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो […]

सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो.

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको भाउ तोलामा […]