Sajhamanch Archive

शिवसताक्षीमा हात्तीपाइलेको औषधी खुवाउने कार्यक्रम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा हात्तीपाइलेको औषधी खुवाउने कार्यक्रम सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाकी उमपेयर भोजकुमारी नेपाललाई नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले हात्तीपाइले विरुद्धको अल्वेण्डाजोल र डि.ई.सी.नामक औषधी खुवाएर आम औषधी सेवन अभियानको शुरुवात भएको हो । हात्तीपाइले रोगको समस्या अझैपनी निवारण हुन नसकेपछी सरकारले ६ वर्षे कार्यक्रमको समयावधि ब ढाएर ९ […]

हत्या आरोपी वडाध्यक्ष कारागार चलान, फरार २ अध्यक्षको सुविधा रोकियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हत्या आरोपी वडाध्यक्ष कारागार चलान, फरार २ अध्यक्षको सुविधा रोकियो.

विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । हत्या आरोप लागेसँगै गत असारमा […]

महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन । भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन । उनीहरु […]

विजय गच्छदार भन्छन्, ‘९ करोड मैले कहाँबाट ल्याऊँ ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विजय गच्छदार भन्छन्, ‘९ करोड मैले कहाँबाट ल्याऊँ ?.

काठमाडौं । पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो । बैठकमा उपसभापति विजय गच्छदारले ललितवा निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको […]

अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा.

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।  ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो ।  कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी […]

सार्क शिखर सम्मेलन चाँडो हुनेमा ढुक्क छु : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सार्क शिखर सम्मेलन चाँडो हुनेमा ढुक्क छु : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सार्क सचिवालयको आज भ्रमण गरेर सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९ औँ शिखर सम्मेलन चाँडो हुनेमा […]

उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा भेटियो युवतीको शव

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा भेटियो युवतीको शव.

विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो । अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ.

काठमाडौं। अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले […]

श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे.

काठमाडौं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । चालू आर्थिक […]

कोहेड २५ वर्षमा : शिक्षक अभिभावक सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोहेड २५ वर्षमा : शिक्षक अभिभावक सम्मानित.

कमनर्स होम फर एजुकेसनद्धारा संचालित कोहेड विद्यालयले आज आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। विद्यालयले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षक विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ। प्रध्यानाध्यापक उमानाथ ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा विर्तामोड नगर शिक्षा शाखा अधिकृत तिलचन भण्डारीको प्रमुख आतथित्यता रहेको कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा गेयनाथ न्यौपाने ,उत्कृष्ट अभिभावक जयनारायण चापागाई र नियमीत […]