सप्तरी । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई मंगलबार पक्राउ गरेको छ । राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीका अनुसार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गरेको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । १६ माघदेखि चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए […]
बिर्तामोड । बिर्तामोड नगरपालिका -२ स्थित चारपानेमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले घटनास्थल घेरा हालेको छ । डीएसपी मुकुन्द रिजालले कुन्युसँगै जलेको अवस्थामा पुरुषको शव भेटिएको पुष्टि गरे । ‘तालिम प्राप्त कुकुर मगाइएको […]
बुद्धशान्ति । सामाजिक कार्यमा अग्रसर बुद्धशान्तिका युवाहरुको आशीर्वाद प्रतिष्ठान बुद्द्शान्तीले बुधबारका लागि आयोजना गरेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । गीत संगीतको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्दै प्रतिष्ठानले भोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु सहित आरिफ रौफ, सनिस श्रेष्ठ, विकास लिम्बु, अन्जु रानामगर, यान्की येल्मोको सांगीतिक कार्यक्रम राखेको छ […]
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा सातौं स्थानमा छ । समान अंक भए पनि संकटा र जावालखेलभन्दा एनआरटी गोलअन्तरमा पछाडि छ । ९ खेलबाट ११ अंकसहित […]
काठमाडौं। संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण र विशेष गरी चार शीर्षकमा अनुदान दिँदै आएकोमा समयमै खर्च हुन नसक्दा संघीय सरकारको सञ्चित कोषमा सो अनुदानबापतको रकम फिर्ता […]
काठमाडौं। सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको […]
काठमाडौं । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट छ । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’ उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरु सबैको […]
काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । उनले […]
काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसुरका आरोपीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं.८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी वेलबहादुर […]