काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज(शनिबार) दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने छन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा रहेका छन् । […]
काठमाडौं। रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । कानुनी रूपमा अवैध, […]
जनकपुरधाम । बाथरुम (स्नान गृह) भित्र राखिएको पानी भरेको बाटामा डुबेर महोत्तरीमा शुक्रबार दिउँसो एक वर्षीया बालिकाको ज्यान गएको छ । सदरमुकाम जलेश्वर नगरपालिका १ निवासी रोशन साहकी १ वर्षीया छोरीको बाटामा रहेको पानीमा डुबेर मृत्यु भएको हो । खेल्दाखेल्दै बाथरुमभित्र गएकी उनी पानी भरिएको बाटामा डुबेकी थिइन् । उनको तत्कालै मृत्यु भएको महोत्तरी प्रहरीले […]
काठमाडौं । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् । उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले […]
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ […]
काठमाडौं। चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको […]
काठमाडौं । तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन रु छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला १ भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ । स्थानीय […]
सडकको मध्यभागमा अचानक पैदा भएको खाडलमा यात्रुबस खस्दा चीनमा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। उत्तरपश्चिम चीनको शिनिङ प्रान्तमा सोमबार राती उक्त घटना भएको हो। सिसिटिभी फुटेजमा, अचानक सडकको पिच फुटेर बस खसेको देखिएको छ। बस खस्दै गर्दा विस्फोटनको जस्तै ठूलो आवाज आएको थियो। बस खस्नुअघि, सडकमुनि खाडल भएजस्तो कुनै संकेत […]
कमल । झापाको कमल गाउँपालिकामा सन्चालीत पुर्ण सरसफाई कार्यक्रमले तिव्रता लिएको छ । आफु मात्र सफा भएर हुदैन परिवार,घर ,आँगान,शौचालय र सडक समेत सफागर्नु पर्छ भन्ने उद्येश्यका साथमा सन्चालन गरिएको पुर्ण सरसफाई कार्यक्रम कमल गाउँपालिकाका विभिन्न टोलमा सन्चालन भैरहेका छन् । कार्यक्रम सन्चालन भएका टोल मध्ये गाउँपालिकाको वडा नम्बर १ स्थित ढ्याग्री सुनारा टोल विकास […]
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितियले राजकुमार ह्यारी दम्पत्तिलाई ‘केही समयका लागि’ क्यानडा बस्न अनुमति दिएकी छन् । यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ । महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न शाही भूमिकामै रहुन् भन्नेमा जोड दिएकी […]