काठमाडौं । भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ । भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ । भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ । […]
काठमाडौं । दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री बनेपछि काम गरिदिनुप¥यो भन्दै कमिशन दिन आउँछन्, मैले नाम डायरीमा लेख्ने गरेको छु । ’ उनले सरकारका […]
काठमाडौं । निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपयो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् । साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षण अस्पताल पुयाइयो, तर उनको दुई […]
काठमाडौं । २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा १.७५ प्रतिशतले कम हो । अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख […]
काठमाडौं । पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ । आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै नेपाल बैंकर्स संघले अहिले उक्त विधेयकमार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरका विषयमा आन्तरिक अध्ययन गरिरहेको छ । […]
बिर्तामोड । झापा बिर्तामोडका बिदुर तिवारीले २०२८ सालका कम्युनिस्ट योद्धा टंकप्रसाद चौधरीलाई जग्गा दान गरेका छन् । बिर्तामोड ४ का तिवारीले योद्धा चौधरीलाई ५.५ धुर जग्गा उपलब्ध गराएका हुन् । नगरपालिकामा आयोजित कार्यक्रमकाबिच नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले चौधरीलाई लाल पुर्जा हस्तान्तरण गरेका हुन् । चौधरी २०२८ सालको कम्युनिस्ट आन्दोलनका क्रममा ९ बर्ष ३ महिना जेल जीवन बिताएका थिए। […]
सहरेडाँगी । विचार चौतारी युवा क्लब मेचीनगरले आयोजना गरेको तीन दिवसीय उद्घोषण तालिम आज सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नं १२ को विशेष सहयोगमा सहरेडाँगीमा आयोजित तालिममा ५० जनाको सहभागीता रहेको संस्थाका महासचिव उमेश खतिवडाले जानकारी दिए । कार्यक्रम संयोजक विशाल अधिकारीको अध्यक्षतामा भएको तालिम समापनमा प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं १२ […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण दावी गरेका छन् । सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् । ‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही […]
अभिनेता अनमोल केसीले अभिनेत्री सुहाना थापाका लागि पहिलो पटक आफ्नो नियम तोडे । उनले अहिलेसम्म कुनै फिल्ममा कुनै अभिनेत्रीसँग दोहोर्याएर काम गरेका थिएनन् । तर, ‘ए मेरो हजुर ४’ मा सुहानासँग उनी दोस्रो पटक रोमान्स गर्दैछन् । यो फिल्मको अघिल्लो श्रृंखलामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्म पनि सुपरहिट सावित भएको थियो । […]