Sajhamanch Archive

हर्कलाल गिरीलाई पत्नीशोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हर्कलाल गिरीलाई पत्नीशोक.

बिर्तामोड  । नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार तथा समाजसेवी बिर्तामोड–५ का हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरीको निधन भएको छ । भारतको सिलीगुडीको न्युटन केटिया अस्पतालमा उपचारत गिरीको ६८ बर्षको उमेरमा ह्दयघातका कारण आइतवार विहान ९ :३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गत विहिवार विरामी भएर झापा बिर्तामोडको विएण्डसी अस्पतालमा भर्ना भएकी गिरीको […]

आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष.

बलिउड नायिका दीपिका पादूकोण आजबाट ३४ वर्षमा प्रवेश गरेकी छन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दीपिकाको आज जन्मदिन रहेको छ । दीपिका फिल्ममा आउनुभन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । दीपिकाले फिल्ममा आउनुअगाडि म्यूजिक भिडियोमा समेत काम गरेकी थिइन् । सन् २००७ मा रिलिज भएको फिल्म ‘ओम शान्ती ओम’बाट अभिनेता शाहरुख […]

विद्यालयमा कम्प्यूटर छ, शिक्षक छैनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विद्यालयमा कम्प्यूटर छ, शिक्षक छैनन्.

राजगढ । विद्यालयको कोठामा तीसवटा कम्प्यूटर छन् । कम्प्यूटर कोठाको ढोकामा दुईवटा ताल्चा लगाइएको छ । ढोका नखोलेको हप्तौं भइसक्यो । किनकि कम्प्यूटर सिकाउने शिक्षक छैनन् । बाह्रदशी १ को अमृत माध्यमिक विद्यालयलाई कम्प्यूटर शिक्षा सिकाउन बिभिन्न निकायहरुले ती कम्प्यूटर दिएका थिए । तर विद्यालयले विधार्थीहरुलाई नसिकाइ कोठामा कम्प्यूटर थन्क्याएर राखेको छ । ‘कम्प्यूटर सिकाउने […]

झापामा दुर्घटना हुँदा दुईजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा दुर्घटना हुँदा दुईजनाको मृत्यु.

दमक  । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु भएको हो। भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । प्रहरीका अनुसार दमक ९ स्थित क्याम्पस मोडमा मे १ ह […]

इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका छन् । अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे झन छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । ट्रम्पले यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए । सुलेमानीको हत्यापछि […]

विद्युत् महशुल घटाउने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्युत् महशुल घटाउने तयारी.

काठमाडौं । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको […]

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा.

काठमाडौं । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली […]

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद.

काठमाडौं । संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ । सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम […]

अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने : दाहाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने : दाहाल.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताए । उनले आफ्नो पूरै समय अब आर्थिक क्रान्तिमा लगाउने पनि बताए ।राजा–महाराजाले आफ्नो कर्तव्य निर्वाह नगरेकै कारण […]

१९ लाख घुस रकमसहित तीन कर्मचारी समातिए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १९ लाख घुस रकमसहित तीन कर्मचारी समातिए.

काठमाडौं । सडक डिभिजन कार्यालय लहान, सिरहाका तीनजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । सो कार्यालयका निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नवीनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साह करिब १९ लाख रुपैयाँसहित समातिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । सेवाग्राहीसित रुपनी–राजविराज–कुनौली सडक आयोजना […]