काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक विषय र सभामुखका प्रस्तावित उम्मेदवारहरुबारे छलफल भइरहेको छ। साथै अमेरिकी सहायताको मिलेनियम च्यालेञ्ज कर्पोरेशन्स (एमसीसी) सहायताबारे पनि विमर्श भइरहेको छ। अघिल्लो साता बसेको नेकपाको स्थायी समिति बैठकले एमसीसीबारे छलफल गर्ने अधिकार पार्टी सचिवालयलाई सुम्पेको थियो।
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधि चितवन राईनोजले जितेको छ । फाईनलमा विराटनगर टाईटन्सलाई ३२ रनले हराउदै चितवनले दोस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । समुहचरणमा पनि शत प्रतिशत नतिजा निकालेको चितवन प्रतियोगिताभर अपराजित रह्यो । चितवनले दिएको २ सय ३ रनको उच्च लक्ष्य पछ्याउने क्रममा विराटनगरले ७ विकेट गुमाएर १ सय […]
भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीको ३५ औं साधारण सभा सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा नगर शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । पुस्तकालयको वार्षिक गतिविधि प्रतिवेदन अध्यक्ष घिरिरेले प्रस्तुत गरेका थिए भने साँगठनिक तथा आर्थिक प्रतिवेदन सचिव हरिकिशोर आचार्यले प्रस्तुत गर्दै २३ लाख […]
भद्रपुर ।भद्रपुर ७ अञ्जनी मोड स्थित संयोग सम्बृद्धि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष मेधनाथ निरौलाको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट सदस्य सम्मानबाट गोमा निरौला र सुमित्रा पौडेललाई सम्मान समेत गरिएको थियो । अध्यक्ष निरौलाले वार्षिक […]
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित […]
बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ । मोर्निङ शोमा […]
तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य […]
काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । उत्तर […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ । यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गरेकि थिईन। वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण […]
कञ्चनपुर । २०३५ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । “हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए ।” प्रमुख संरक्षण अधिकृत पौड्यालले […]