Sajhamanch Archive

बस दुर्घटना हुँदा बाँकेमा १४ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस दुर्घटना हुँदा बाँकेमा १४ जना घाइते.

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.१ कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रुकुमको चौरजहारी […]

अर्जेन्टिना र उरुग्वे भिडदै

Published: in खेलकुद by . Leave a Comment on अर्जेन्टिना र उरुग्वे भिडदै.

सोमबार दक्षिण अमेरिकी क्षेत्रको फुटबलमा अब्बल मानिने देश अर्जेन्टिना र उरुग्वेबीच मैत्रीपूर्ण खेल हुँदैछ । अर्जेन्टिनाले गएको शुक्रबार भएको ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सफल भएको थियो । कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले आफ्नो चिर प्रतिद्वन्द्वी ब्राजिलसँग गएको कोपा अमेरिकाको हारको बदला लिएको हो । अर्जेन्टिना र उरुग्वेलाई दक्षिण अमेरिकामा फुटबलमा विकसित देशको […]

भद्रपुरबाट १७ जना जुवाडे पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरबाट १७ जना जुवाडे पक्राउ.

भद्रपुर । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका वडा नं.५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका वडा नं.६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा […]

साम्राज्ञी आफ्नो २५ औं जन्मदिन मनाउदै

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on साम्राज्ञी आफ्नो २५ औं जन्मदिन मनाउदै.

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै एउटा उचाई प्राप्त गरेकी नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । उनलाई उनको परिवारले मध्यरातमा नै केक काटेर जन्मदिनको शुभकामना दिएको थियो । साम्राज्ञीकी आमा नेहा आरएल शाह, प्रेमी देवांशु राणा, चलचित्रकर्मी बाबुराम दाहाल लगायत साम्राज्ञीको जन्मदिन सेलिव्रेशनमा साथमा थिए […]

 विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on  विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन् । आज माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको […]

गिटी–बालुवाको कर उठाउने विवादमा बुद्धशान्तिमा खुकुरी प्रहार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गिटी–बालुवाको कर उठाउने विवादमा बुद्धशान्तिमा खुकुरी प्रहार.

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका वडा नं.५ टिमाई खोला नजिक मेचीनगर नगरपालिका वडा नं.९ र बुद्धशान्ति गाउँपालिका वडा नं.५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति गाउँपालिका […]

काठ तस्कर र वन गस्तीबीच गोली हानाहान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठ तस्कर र वन गस्तीबीच गोली हानाहान.

पर्सा । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो । गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर […]

झापामा करेण्ट लागेर एक महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा करेण्ट लागेर एक महिलाको मृत्यु.

बिर्तामोड । झापामा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका ९ की ५७ वर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको हो । आइतवार बेलुका बारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका गाईवस्तु धपाउने क्रममा उनलाई करेण्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाका […]

विद्युतीय राहदानी बनाउने योजना अलपत्र

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्युतीय राहदानी बनाउने योजना अलपत्र.

काठमाडौं । राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो । गएको हप्ता बोलपत्र आह्वानमा आवेदन भरेका कम्पनीको प्रतिस्पर्धामार्फत सार्वजनिक हुने तय भएको […]

२७ सय सैनिकमाथि कारबाही, सलामी नगर्ने पनि कारबाहीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २७ सय सैनिकमाथि कारबाही, सलामी नगर्ने पनि कारबाहीमा.

काठमाडौं । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो । सेनामा जागिर खाएर भागेकादेखि अनुशासन […]