बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ । अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् । बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा […]
काठमाडौं। नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य सोमबार पनि अघिल्लो दिनको तुलनामा ७०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा […]
झापा । झापाका ११ वटा स्थानीय तहमा आज एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ आज गर्न झापाका १० सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो । कोभिड १९ को रोकथाम, नियन्त्रण तथा […]
अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको बताए । यद्यपी, सम्भावित संक्रमणलाई […]
चैत्र महिनाबाट नेपाल सरकारले लकडाउन गरेपछि रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । पाल्पाको माथागढीबाट चलचित्रको छायांकन सुरु गरिएको हो । दशैं लगतै चलचित्रको छायांकन सुरु गर्ने बताइएतापनि विविध कारणले गर्दा छठ पछि मात्र छायांकन सुरु भएको हो । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी […]
दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो । दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको […]
काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.८० प्रतिशत भन्दा धेरैले बढेर १ हजार ९ सय ६० अंक भन्दा माथि परिसूचक पुगेको छ । यो […]
कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना […]
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर […]
काठमाडौं । नेपाल कृषि बजार कार्यक्रम (एनएमडीपी) दोस्रो चरणलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापलरबीच सम्झौतामा हस्ताक्षर भएको छ । स्वीजरल्यान्डले चारवर्षे कार्यक्रमको लागि स्वीस फ्र्याङ्क ९.५४ मिलियन सहयोग गर्ने छ । प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सिर्जना गर्न र किसानहरुको आम्दानी […]