काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य रहेको छ। नगरप्रमुख धु्रवकुमार शिवाकोटीलाई मंसिर ६ गते संक्रमणभएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो। नगरप्रमुख शिवाकोटीका अनुसार सामान्य टाउको दुख्ने शरीर दुख्ने भइरहेकोमा घरायसी औसधिको प्रयोग गरिएको बताए ।यस्तै उपप्रमुख […]
अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् । पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ । श्रोतका अनुसार, पुष्पले चलचित्र […]
विर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाको चारपाने–राजगढ सडक खण्डमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । गुणस्तरमा आधारित मर्मत सम्भार (पीवीएम) पद्धतिबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।नेपालमा पहिलोपटक यो प्रविधि अपनाएर सडक निर्माण थालिएको संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले जानकारी दिए । नयाँ प्रविधिबाट सडकको कालोपत्रे गर्न शुरु गरिएसँगै सडक स्तरीय […]
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ […]
इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गरे । इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ छ । विगत तीन सातादेपखको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो । विद्रोही र सरकारी सेनाबीच जारी संघर्षका […]
भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्र भित्रका सबै विद्यालयहरू भौतिक रूपमा मंसिर १४ गतेबाट सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।नेपाल सरकारले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नगर कार्यपालिकाले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो । भद्रपुर नर शिक्षा शाखाले कोभिड १९ संक्रमण नहुने गरी सुरक्षा सावधानी अपनाएर […]
काठमाडौं । न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन गरेको हो । उनको नाम समितिबाट अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।नेपाल बार एसोसियसनका तर्फबाट परिषद्मा उनको नाम प्रस्तावित गरिएको थियो । न्याय परिषद् सदस्यको कार्यकाल चार वर्षको हुनेछ । कार्यकाल […]
बलिउडमा नायक बबी देओलको करिअर खासै सुखद छैन । उनले अभिनय गरेका चलचित्र र वेव सिरिजले दर्शकको अपेक्षित माया नपाएपछि उनको करिअर नै धरमराएको अवस्था छ । यसैले, उनको करिअर जोगाउनका लागि उनका दाई सन्नी देओलले चलचित्र निर्माण तथा निर्देशन गर्ने तयारी थालेका छन् । भारतीय मिडियाका अनुसार, सन्नीले आफ्ना छोरा करण देओल र भाई […]
काठमाडौं । गएको कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीमा जानको लागि ७ हजार भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।कोरोना महामारीको बेला विदेशबाट फर्केका र स्वदेशमै बेरोजगार बसेकालाई समेत रोजगारी दिने भनेर सरकारले भनिरहँदा ७ हजार ७ सय ९७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । यो संख्या […]