Sajhamanch Archive

लैंगिक हिंसा अन्त्य गर्न सबै जुट्नु पर्छ : मन्त्री श्रेष्ठ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लैंगिक हिंसा अन्त्य गर्न सबै जुट्नु पर्छ : मन्त्री श्रेष्ठ.

दमक । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले लैंगिक हिंसा अन्त्य गर्न सबै जुट्नु पर्ने खाँचो रहेको बताएक छन् । सबै किसिमका हिंसा विकासको बाधक भएको उल्लेख गर्दे उनले यस्ता हिंसा विरुद्ध प्रत्येक व्यक्ति र परिवार प्रतिवद्ध हुनुपर्ने जोड दिए ।दमक नगरपालिकासहित विभिन्न संघसंस्थाको समन्वयमा बिहिबारदेखि शुरु लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको […]

आइतबारबाट मेचीनगरका स्कूल खुल्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on आइतबारबाट मेचीनगरका स्कूल खुल्ने.

मेचीनगर । मेचीनगर नगरपालिकाका सबै विद्यालयहरु मंसिर १४ गते आइतबारबाट सञ्चालनमा आउने भएका छन् । कोरोना भइरसको विश्वव्यापी प्रभावले गर्दा विगत ९ महिनादेखि बन्द रहेका विद्यालयहरुमा यसअघि वैकल्पिक शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने अनुमति दिइएको थियो । बुधबार सम्पन्न नगर शिक्षा समितिको वैठकले सरकारद्वारा जारी गरिएको विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरी […]

पाँचवटा गोली लागेर जङ्गलमा छट्पटाइरहेका घाइते फेला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचवटा गोली लागेर जङ्गलमा छट्पटाइरहेका घाइते फेला.

काठमाडौँ । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल फेला परेका हुन् । बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल)मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय […]

चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न कार्यदल गठन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न कार्यदल गठन.

काठमाडौं । चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । उक्त कार्यदलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौला, हेल्थ प्रोफेसनल काउन्सिल, राष्ट्रिय चिकित्सा शिक्षा […]

यूट्युबमा ‘ए मेरो हजुर ३’ को रेकर्ड

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यूट्युबमा ‘ए मेरो हजुर ३’ को रेकर्ड.

पछिल्ला छिमलका अभिनेतामध्ये स्टारडमको मामलामा अनमोल केसी अगाडि मानिन्छन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास निर्मातारनिर्देशकमा छ । उनले अहिलेसम्म सातवटा फिल्ममा अभिनय गरिसकेका छन् । जसमध्ये ‘कृ र क्याप्टेन’ बाहेक अरु फिल्मले असफलता भोगेनन् । ‘ए मेरो हजुर ३’ भने उनको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म सावित भएको थियो । सिनेमा हलमा सानदार […]

देशभर पश्चिमी वायुको प्रभाव, हिमपातको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर पश्चिमी वायुको प्रभाव, हिमपातको सम्भावना.

काठमाण्डौ । देशभर पश्चिमी वायुको प्रभाव परेपछि आज निक्कै चिसो महसुस हन थालेको छ । पश्चिमी वायुको प्रभावसँगै केही स्थानमा हिमापातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा […]

भारतको तामिलनाडूमा शक्तिशाली आँधी, एक हजार बढीलाई सुरक्षित स्थानमा सारियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतको तामिलनाडूमा शक्तिशाली आँधी, एक हजार बढीलाई सुरक्षित स्थानमा सारियो.

भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेकाले सर्वसाधारणलाई सचेत बनाइएको छ । आँधीबाट प्रभावित यी क्षेत्रका १ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा हरेक वर्ष आउने तुफानका कारण […]

विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु.

विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना […]

बिर्तामोडकी उपमेयर प्रसाईलाई कोरोना

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडकी उपमेयर प्रसाईलाई कोरोना.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण […]

सुनको भाउ प्रतितोलामा एक हजारले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ प्रतितोलामा एक हजारले घट्यो.

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । प्रतितोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ […]