Sajhamanch Archive

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का.

काठमाडौँ । वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार रोक्का गरिएको जानकारी दिएको छ । कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन […]

बुटवलमा बेनिशासँग रोमान्टिक मुकुन

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बुटवलमा बेनिशासँग रोमान्टिक मुकुन.

अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘भाँडाकुटी’ को पनि फागुन पहिलो साताबाट छायांकन सुरु हुँदैछ । अहिले यसको निर्माण टिम लोकेशन हन्टिङका लागि बुटवल पुगेको छ । निर्देशक किरण विकको साथमा फिल्मका लागि लोकेशन हन्टिङमा निस्किएका मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा तस्विर खिचाएका छन् । पहिलो पटक […]

अफगानिस्तानमा दुई छुट्टा छुटुटै स्थानमा बम बिस्फोट, १७ को मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा दुई छुट्टा छुटुटै स्थानमा बम बिस्फोट, १७ को मृत्यु.

अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा परी ५० जना घाइते भएका छन् । सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परेर सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको स्थानीय प्रहरीहरुले जनाएका छन् । साँझको समयमा अल्पसंख्य समुदायको बाहुल्यता […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु.

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । सप्तरीको राजविराज–४ घर घएका ५० वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी समस्या पनि रहेको अस्पतालको भनाइ छ । उनमा यही मंसिर […]

महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु.

महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो […]

टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति यी हुन्

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति यी हुन्.

एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । […]

ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु.

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो ।ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले […]

हतियारसहित एक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हतियारसहित एक पक्राउ.

विराटनगर। मोरङ प्रहरीले मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हिजो दिउँसो अरुण भनिने ५८ वर्षीय अमृतलाई घरबाटै पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाईछिपाई राखेको भन्ने विशेष सुराकका आधारमा उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुदसमेत […]

एकै दिन सुनको मूल्य तोलामा १८०० घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एकै दिन सुनको मूल्य तोलामा १८०० घट्यो.

काठमाडौं ।  आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ […]

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु.

अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५ देखि २०१९ सम्म अफगानिस्तानको गृहयुद्धमा २६ हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको उल्लेख छ । राष्ट्रसंघको मुख्यालयमा भएको एक कार्यक्रममा सहभागी राष्ट्रहरुले अफगान युद्धका कारण प्रभावित बालबालिकाको […]