काठमाडौं । कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् । औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय भएको छैन् । स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य […]
काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित् संघीय संसद् सचिवालयमा शपथ लिएका हुन्। पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराए। प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त […]
काठमाडौं । सचिव, सहसचिवलगायत कर्मचारीले लोक सेवालगायतका तयारी कक्षा पढाएपछि सरकारले कडा नियम लागू गरेको छ। कर्मचारीले सेवा प्रवाहमा ध्यान नदिई निजी इन्स्टिच्युटले चलाउने लोक सेवालगायतका तयारी कक्षामा लिखित वा मौखिक रूपमा प्रशिक्षणका लागि समय दिने गरेको पाइएको थियो। सहसचिवभन्दा माथिका निजामति कर्मचारीले अब त्यस्ता तयारी कक्षामा प्रशिक्षण दिनुपर्ने भए मन्त्रिपरिषदबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने […]
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै आगामी दिनको कार्ययोजना सार्वजनिक गरेको छ । कोरोनाका कारण सुस्ताएको फिल्म उद्योगलाई चलायमान बनाउन महासंघले आउँदो बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ । प्रदेश नं १ मा रहेका पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवमा प्रदेश […]
अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा कोभिड–१९ को खोप पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन् । डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना सुनाएको बीबीसीले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार देशव्यापी रूपमा कोरोना […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ९१ दिने अवधि र १२ अर्ब ४७ करोड रुपैयाँ १८२ दिनका लागि […]
काठमाण्डौ । सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न लागि असोज १ गते बोलपत्र आह्वान गरेको थियो । अन्तिम दिन कात्तिक […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालन हुने भएको छ । कोभिडको असर बाँकी नै रहेको र दशैं, तिहार तथा छठमा लक्ष्यअनुसारको बिक्री नभएपछि माघी पर्वसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । ‘सधैंको जस्तै यो वर्ष पनि […]
काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । […]
कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँज सेवन गरेको स्विकार गरेका छन् । भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा […]