Sajhamanch Archive

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने.

काठमाण्डौ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । कोरोनाभाइरस माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो । प्रयोगशालाले २ सय जना बिरामीको परीक्षणबाट […]

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव.

नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् । आफूले गरिरहेको काम सुखद तरिकाले […]

महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने

Published: in खेलकुद by . Leave a Comment on महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने.

काठमाडौं । महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ । दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो ।सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर […]

भारतीय नागरिकसहित दुई संक्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on भारतीय नागरिकसहित दुई संक्रमितको मृत्यु.

विराटनगर । मोरङमा भारतीय नागरिकसहित कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । एक जनाको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र एक जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ […]

विषाक्त रसायन भेटिएपछि पाँच कम्पनीका स्यानिटाइजर विक्रीमा रोक

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on विषाक्त रसायन भेटिएपछि पाँच कम्पनीका स्यानिटाइजर विक्रीमा रोक.

काठमाडौं । औषधि व्यवस्था विभागले पाँच कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पुर्‍याउने मेथानोल भेटिएपछि विक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा विक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन […]

बुट्टाबारीका रत्‍न दर्नाल मृत अवस्थामा फेला

Published: in समाज by . Leave a Comment on बुट्टाबारीका रत्‍न दर्नाल मृत अवस्थामा फेला.

विर्तामोड । बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ४९ वर्षीय रत्‍न दर्नाल मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका १, मदनपुरस्थित बहिनीको घरमा तिहारको टीका लगाउन गई घुम्‍न जान्छु भन्दै निस्किएका उनी घर फिर्ता नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतको आलीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ […]

निकिशामाथि दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निकिशामाथि दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ.

काठमाडौं । काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनाको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्युरोले अनुरोध गरेपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले विशेष जोशीलाई पक्राउ गरेको हो । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार प्रारिम्भक सोधपुछका क्रममा उनले आफूले भिडियो अपलोड मात्र गरेको भनेका छन् । थप अनुसन्धानका लागि जोशीलाई ब्युरोमा पठाउने तयारी […]

यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’.

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली मल्होत्रा । चलचित्र रिलिजको समयमा हर्षाली ७ बर्षकी थिइन् । उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् । यो चलचित्रमा काम गरेपछि […]

झापामा थप दुई बृद्धको कोरोनाबाट मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on झापामा थप दुई बृद्धको कोरोनाबाट मृत्यु.

झापा  । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका र झापा गाउँपालिकाका बृद्ध रहेका छन् । होम आइसोलेसनमा बसेका झापा गाउँपालिका वडा नं ७ का ७२ वर्षिय प्रेमप्रसाद कँडेलको आज बिहान ११ बजे मृत्यु भएको हो । उनलाई फोक्सोमा समस्या भएपछि मंसिर १ गते नोवेल हस्पिटल विराटनगर लगिएको थियो […]

दमकमा कोरोना संक्रमित वृद्धको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on दमकमा कोरोना संक्रमित वृद्धको मृत्यु.

विर्तामोड । कोरोना भाइरस संक्रमित झापाको दमक नगरपालिकाका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । दमक ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएका वृद्धलाई पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि […]