Sajhamanch Archive

कक्षा ११–१२ को पाठ्यक्रम विवाद तिहारअघि टुङ्गो नलाग्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११–१२ को पाठ्यक्रम विवाद तिहारअघि टुङ्गो नलाग्ने.

काठमाडौं । आठ महिनाअघि लागु भएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम सम्बन्धी अन्योल अझै लम्बिने भएको छ । पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै दर्ता भएको रिटको पेशी ४ मंसिरका लागि तोकिएको छ । नयाँ पाठ्यक्रम लागु हुनेरनहुने स्पष्ट नहुँदा आफूहरू अन्योलमा परेको अभिभावक र विद्यार्थीहरूको गुनासो छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]

संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको निधन.

बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ। ८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो। उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ। बहराइनका राजाले […]

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार.

अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका बीच उनले […]

विश्व स्वास्थ्य संगठनको चिन्ता : बच्चाको स्वास्थ्य र भविष्य बिग्रिसक्दा कसैलाई चासो भएन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on विश्व स्वास्थ्य संगठनको चिन्ता : बच्चाको स्वास्थ्य र भविष्य बिग्रिसक्दा कसैलाई चासो भएन.

विश्व स्वास्थ्य संगठनले बच्चाको अनुकुल स्वास्थ्य एवं राम्रो वातावरणको विकास गराउने तमाम प्रयास बेकार भएको बताएको छ । विभिन्न देशका सरकारको गैरजिम्मेवारीपना र बेवास्ताका कारण यस्ता तमाम प्रयास असफल भएको बताएको हो । उसले युनिसेफ र द लान्सेट पत्रिकाको सहयोगमा तयार पारेको सो रिपोर्टमा जलवायु परिवर्तनसँग जोडिएको तमाम चेतावनीका बाबजुद कुनै पनि देश यस सकारात्मक […]

महिला हिंसा विरुद्धको कथामा ‘तलाश’

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on महिला हिंसा विरुद्धको कथामा ‘तलाश’.

कोरोना भाइरसका कारण विगत आठ महिनादेखि फिल्म क्षेत्र ठप्प छ । दशैंदेखि केही फिल्मको छायांकन सुरु भए पनि सिनेमा हल बन्दै छन् । सिनेमा हल खोल्दा कोरोना संक्रमण फैलिने भयले फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकारले फिल्म छायांकनका लागि पनि अनुमति भने दिएको छैन । तर, निर्माताहरु सावधानीपूर्वक छायांकन गरिरहेका छन् । […]

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने.

कात्तिक । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ । यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा बढी ७५ सीटमा जितेको छ । तर यादव नेतृत्वको महागठबन्धन बहुमत ल्याउनबाट थारे सीटले रोकियो । महागठबन्धनले जम्मा ११० सीट पाएको छ । सरकार बनाउने अवसर भने […]

प्रधानमन्त्री ओली आज संखुवासभा पुग्दै, यस्तो छ कार्यतालिका

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली आज संखुवासभा पुग्दै, यस्तो छ कार्यतालिका.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) संखुवासभा जिल्ला आउदैछन् । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा ओलीले एक दिने भ्रमण तालिकासहित संखुवासभाको यात्रा तय गरेका हुन् । दोस्रो पटक मृगौला प्रत्यारोपणपछि ओली काठमाडौं बाहिर निस्किएका थिएनन् । मृगौला प्रत्यारोपणपछि उनी पहिलो पटक काठमाडौं बाहिर निस्कन लागेका हुन् । संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा […]

५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on ५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’.

चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो । दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने तयारी गरेका छन् । […]

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च […]

एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य.

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी […]