Sajhamanch Archive

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा परी २ जनाको मृत्यु.

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । करैयामाई गाउँपालिका-३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका […]

अक्षयको ‘लक्ष्मी’लाई खराब प्रतिक्रिया

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अक्षयको ‘लक्ष्मी’लाई खराब प्रतिक्रिया.

कोरोनाका कारण हलहरु बन्द भएपछि बलिउडका निर्माताले चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिरहेका छन् । कम बजेटकादेखि बीग बजेटका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । यसमध्ये, सर्वाधिक प्रतिक्षामा रहेको नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको चलचित्र ‘लक्ष्मी’ पनि सोमबार रिलिज भएको छ । साउथ चलचित्र ‘कञ्चना’को रिमेकको रुपमा बनेको अक्षयको ‘लक्ष्मी’ रिलिज भएसँगै समिक्षक र […]

बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु.

बुटवल । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र […]

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान.

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् । उनको सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा […]

क्युवामा शक्तिशाली समुद्री आंधी, घरहरु ढले, विद्युत आपूर्ति बन्द

Published: in विश्व समाचार by . Leave a Comment on क्युवामा शक्तिशाली समुद्री आंधी, घरहरु ढले, विद्युत आपूर्ति बन्द.

क्युवामा शक्तिशाली समुद्री आंधीका कारण जनजीवन प्रभावित भएको छ । इटा नाम दिइएको आँधीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । भारी बर्षापछि आएको आँधीका कारण ठाउँ ठाउँमा रुख र बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति प्रभावित भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् । निकारागुवा, ग्वाटेमाला हुँदै यो आँधी क्युवा प्रवेश […]

फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र.

बलिउडको ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले छापा हानेको छ । रामपालको घरमा एनसीबीका अधिकारी छापा हान्न पुगेका हुन् । सोमबार बिहान अर्जुन रामपालको घरमा एनसीबीका अधिकारी पुगेका थिए । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले फिल्म इन्डष्ट्रि ड्रग्ससँग जोडिएको कुरा पत्र […]

रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on रहस्यमय होटल : जसको पाँचौँ तलमा जान प्रतिबन्ध छ !.

कम्युनिस्ट मुलुक उत्तर कोरिया बाहिरी दुनियाँबाट एक प्रकारले अलग छ र यसका बारेमा धेरै कुराहरु संसारलाई थाहा छैन । सोही कारण उत्तर कोरियालाई रहस्यको देश पनि भन्ने गर्दछन् कतिपयले । रहस्यमय मुलुक उत्तर कोरियामा एउटा होटल यस्तै रहस्यले भरिएको छ । उक्त होटलको पाँचौँ तलामा कसैलाई पनि जान दिइँदैन । यसभित्र एउटा गहिरो मान्यता लुकेको […]

हितेन्द्रदेव शाक्य बने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on हितेन्द्रदेव शाक्य बने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक.

काठमाडौं। हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री […]

बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा थप दुई जना कोरोना संक्रमितको मृत्यु.

बिर्तामोड । दिन प्रतिदिन कोरोना संक्रमणबाट मानव क्षति हुने क्रममा झापाको बिर्तामोडमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षिय देवीप्रसाद खरेलको आज विहान ४ बजे मृत्यु भएको हो । इलामबाट आएर उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए […]

अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय.

अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् । अमिताभ र […]