Sajhamanch Archive

कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित.

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलमा ब्राजिलले […]

भारतमा महिला पत्रकारलाई गोली प्रहार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतमा महिला पत्रकारलाई गोली प्रहार.

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको मयूर विहारको आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा एक पत्रकार महिलामाथि गएराति १२ः३० बजे गोली प्रहार भएको छ । क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । उनको हालत अहिले खतरा बाहिर रहेको जनाइएको छ […]

बिर्तामोड ५ मा बालक्लब गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ५ मा बालक्लब गठन.

झापा।  बिर्तामोड ५ मा मनिष न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय श्रृजनशिल एकता बालक्लब गठन गरिएको छ। गठित क्लबको ,उपाध्यक्षमा बिबेक थापा,प्रजेस प्रसाईं ,सचिब श्रेया ढुंगाना ,सह( सचीव यमन भुर्तेल कोसाध्यक्ष निश्चल चुडाल , चयन भएका छन् । यस्तै सदस्यहरुमा अभियान कडरिया,प्रेणा घिमिरे,सरोजा वन,अंशु अधिकारी ,युवराज प्याकुरेल लगाएत रहेका छन् । वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको सम्योजकत्वमा बालक्लबको सल्लाहकार […]

कसले मच्चायो सुई आतंक ?

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कसले मच्चायो सुई आतंक ?.

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राती ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ । पाँचवटै घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्रिले सुईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । सुईजस्तै बस्तुले घोचेका […]

सडक बनाउने बहानामा ढुंगा बिक्री

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सडक बनाउने बहानामा ढुंगा बिक्री.

काठमाडौं। थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो । वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, […]

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनसुन सक्रिय, भारी वर्षाको सम्भावना.

काठमाडौं । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले […]

सिन्जामा बन्ने भयो ‘खस सङ्ग्रहालय’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सिन्जामा बन्ने भयो ‘खस सङ्ग्रहालय’.

जुम्ला । सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ । सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न छन् । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिनेछ । ” सिन्जा गाउँपालिका वडा नं. २ […]

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको छ । निर्वाचनअघि […]

प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !.

झापा । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो । नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले […]

रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो.

काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा […]