काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’ नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको […]
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ । प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी)लाई सम्झौताका लागि आउन पत्राचार […]
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ […]
कास्की । पोखराको मणिपाल अस्पताल परिसरमा सोही अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किचेर एक बालकको ज्यान गएको छ । डाक्टर तिमिल्सिनाले चलाएको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । डाक्टरले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको हो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको […]
डोटी । डोटी जिल्ला कारागारका कैदी प्लास्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लास्टिक राखेर सुत्ने गरेका छन् । ‘राणाकालमा […]
जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ , नागरिकप्रति राज्य कत्तिको उदार हुनुपर्छ भन्ने कुराको झल्को जर्जियामा हालै भएको राजनीतिक अभ्यासले दिएको छ । जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ । रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा […]
ताप्लेजुङ — पहिरोले सिरिजंघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ । गाउँपालिकाले स्काभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए । वर्षाका कारण सिरिजंघा वडा नं.१ सिनाममा पहिरो झरेको थियो । सडक अवरुद्ध भएपछि कञ्चनजंघा क्षेत्र र गाउँपालिका केन्द्र जाने र […]
एजेन्सी । हाछ्युँ गरेकै भरमा पैसा कमिन्छ रु त्यो पनि करोडौँ रुपैया । अनि यति फुच्ची १८ बर्षे उमेरमा नै । हेडलाईन पढ्दा सबैलाई पत्यार नलागेको हुनसक्छ । तर सत्य हो । हामीकहाँ त हाछ्युँ गर्यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया फुच्चीका लागि भने हाछ्युँ बरदान सावित […]
काठमाडौ । अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने […]
लण्डन । अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर मैदानमा सुरु हुनेछ । यो मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ । भारतले विश्वकपमा अहिलेसम्म उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा […]