Sajhamanch Archive

एक करोड हुन्डीसहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक करोड हुन्डीसहित तीन जना पक्राउ.

काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सोमबार काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरेको डीआईजी सहकुल थापाले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कांग्रेसको पदाधिकारी बैठक स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको पदाधिकारी बैठक स्थगित.

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने […]

सवारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सवारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु.

धरान । सोमबार साँझ र राति धरानका छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सोमबार साँझ धरान–८ स्थित कोशी राजमार्गको जंगल क्षेत्रमा पहिचान नखुलेको सवारीसाधनले पैदलायात्रीलाई ठक्कर दिई फरार भएको र उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी २५–३० वर्षको देखिने […]

असल लोग्नेको खोजीमा १० पटक बिहे, अझै जीवनसाथी खोज्दैछिन् यी महिला

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on असल लोग्नेको खोजीमा १० पटक बिहे, अझै जीवनसाथी खोज्दैछिन् यी महिला.

बिहेको समयमा हरेक मानिसको चाहना हुन्छ कि आफ्नो पार्टनर असल होस् र ऊसँग हाँसीखुसी जिवन बिताउन सकियोस् । तर अमेरिकामा एकजना महिलाले सही जीवनसाथीको खोजीमा अहिलेसम्म १० पटक बिहे गरिसकेकी छिन् । आफूले यति धेरै पटक बिहे गरिसक्दा पनि उनलाई बिहेको संख्या धेरै भयो भन्नेमा कुनै परवाह छैन । भविष्यमा अझै कतिपटक बिहे गरिएला भन्ने […]

आमा बनिन् अमृता राव

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आमा बनिन् अमृता राव.

चलचित्र ‘विवाह’मा काम गरेर चर्चामा रहेकी र दर्शकको मानसपटलमा छाएकी नायिका अमृता राव वैवाहिक जीवनमा बाँधिएपछि बलिउड चलचित्रबाट हराएकी छिन् । बलिउडका केही हिट चलचित्र दिएकी यी नायिकाले केही दिन अगाडि मात्र आफू आमा बन्न लागेको जानकारी सामाजिक संजालबाट दिएकी थिइन् । आर जे अनमोलसँग वैवाहिक जीवनमा बाँधिएको केही बर्षपछि अमृता आमा बनेकी छिन् । […]

अमेरिकामा ९५ लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा ९५ लाख बढीलाई संक्रमण.

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको अमेरिकामा संक्रमितको संख्या ९५ लाख नाघेको छ । एकै दिन ७४ हजार आठ सय ८३ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ९५ लाख ५३ हजार चार सय ४६ पुगेको हो । अमेरिका विश्वमा कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म कोरोनाका कारण दुई लाख ३६ हजार […]

अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रियाको राजधानी भियनामा गोली हानाहान, एक जनाको मृत्यु, १५ घाइते.

काठमाडौं । अष्ट्रियाको राजधानी भियनामा एक सभाहल नजिकै भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् । अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले विभिन्न ६ स्थानमा जथाभावी गोली प्रहार गर्दा १५ जना भन्दा बढी घाइते भएका छन् । अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले आतंकवादी आक्रमणको निन्दा गर्दै दोषीलाई कारणही गर्ने प्रतिवद्धता […]

एक सातामै प्रदेश १ मा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक सातामै प्रदेश १ मा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु.

इटहरी। पछिल्लो एक सातामै प्रदेश १ मा सवारी दुर्घटनाबाट १४ जनाले ज्यान गुमाएका छन् । कात्तिक ७ गतेदेखि १५ गतेको अवधिसम्म प्रदेश १ भरि १४ जनाले दुर्घटनाबाट ज्यान गुमाएका हुन् । सबैभन्दा बढी सुनसरी र मोरङमा दुर्घटना भएका छन् । यस अवधिमा मोरङमा १७ र सुनसरीमा १२ वटा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय […]

दशैँ मनाएर झण्डै १ लाख २५ हजार काठमाण्डौ फर्किए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दशैँ मनाएर झण्डै १ लाख २५ हजार काठमाण्डौ फर्किए.

काठमाण्डौ । दशैँ मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् । कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिए । पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाण्डौ उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि […]

बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना सङक्रमित भएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बेलायती राजकुमार विलियम ७ महिना पहिले कोरोना सङक्रमित भएको खुलासा.

काठमाण्डौ । बेलायती राजकुमार विलियम गएको ७ महिना पहिले अर्थात् अप्रिलमा कोरोना भाइरसबाट सङक्रमित भएको खुलेको छ । प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको बीबीसीको खबरमा उल्लेख छ । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य राखेका द सन पत्रिकालाई उद्दृत गर्दै […]