काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नं.२९ भतेरीमा गएराति दुई बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस एकआपसमा ठोक्किएका हुन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको […]
काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले शुक्रबार पारित गर्ने तयारी गरेको सूचना प्रविधिसम्बन्धमा बनेको विधेयक प्रतिपक्ष कांग्रेसको विरोधका कारण रोकिएको छ । समितिमा रहेका कांग्रेस सांसदले विधेयकका कतिपय प्रावधानमा फरक मत राख्ने अडान लिएपछि समिति बैठक अनिर्णीत हुन पुगेको हो । कांग्रेसले विधेयकका प्रावधानले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भन्दै सच्याउन माग गर्दै आएको छ । सांसद रामबहादुर […]
भैरहवा । भारतको गोरखपुरमा सञ्चालित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिले अवैध ‘नेटवर्किङ व्यवसाय’ गर्न रूपन्देहीका विभिन्न ठाउँमा चारवटा घर भाडामा लिएर सेल्टर बनाएको भेटिएको छ । उक्त कम्पनीमा ‘व्यवसाय गर्न’ भन्दै भारत जान लागेका केही युवा युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चार घरमा सेल्टर बनाइएको खुलासा भएको हो । बेलहिया नाका हुँदै भारत जाँदै गरेका आठ जनालाई नियन्त्रणमा […]
काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, तीनवटा औषधि पसलविरुद्ध […]
सर्लाही। नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसागको भिडन्तमा बिहीबार मारिएको नभई हतया भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी– १ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तर पौडेलका बाबु खिलकराज छोरालाई प्रहरीले समातेर […]
काठमाडौं। ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका लागि राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र रु उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कुटनीतिक अभ्यास गर्न थालेका छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरुलाई इमेल गर्यो । ट्विटर संसारमा चिनियाँ […]
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहतका निकायका नाममा बिनियोजित अर्बौँमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्सेनि अर्बौँ रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड ६९ लाख […]
काठमाडौं । सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक सामाजिक सञ्जालमा बढ्दो मात्रामा देखिएको उच्छृंखल गतिविधि नियन्त्रण गर्न ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सभ्यताविपरीतका शब्द प्रयोग गरेकाले त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हो । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल […]
काठमाडौं । काठमाडौं–गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको छ । लामो समयसम्म दस्ताबेज प्रकाशन नहुनुमा अध्यक्ष केपी ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध शब्द र भूमिकाबारे असहमत […]
काठमाडौं । खसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि पुनः छलफल गर्ने भएको छ । पार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो । पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पंक्तिमा […]