काठमाडौं । राजधानीको कोटेश्वरमा आज (बिहीबार) दिनदहाडै चक्कु प्रहार भएको छ । कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको […]
ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको को २ ह […]
सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए […]
काठमाण्डौ । काठमाडौंको गोकर्णको इटिचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरीजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको थियो । बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा अन्य २० […]
काठमाडौँ । अमेरिकी सेनाको ड्रोन इरानको सर्फेस टु एयर मिसाइलले खसालेको अमेरिकी अधिकारीहरुले बताएका छन् । एक अधिकारीले रोयटर्सलाई बताएअनुसार सो ड्रोन युएस नाभी एमक्यू—फोर सी ट्रिटन हो । यसभन्दा अघि इरानको इस्लामिक रिभोलुसन गार्ड्स कप्र्स (आइआरजीसी)ले आफ्नो एयर स्पेसमा आएको अमेरिकी ड्रोन खसालेको जनाएको थियो । सो ड्रोन इरानको दक्षिणी प्रान्त हर्मोज्गानको कुहमोबाराक क्षेत्रमा […]
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् । के गर्ने ? १. […]
काठमाडौं । चन्द्रागिरी नगपालिकाले नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत नलिई सडक वत्ति बालेको खुलेको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले अनाधिकृत रुपमा सडक वत्ति बालेको फेला पारेपछि नगरपालिको वडानम्बर १५लाई सम्झौता गर्न २ जेठमा पत्राचार गरेको थियो । वितरण केन्द्रका प्रमुख रोशन खड्काले वडा क्षेत्रमा प्राधिकरणको स्वीकृति नलई सडक बत्ति जडान गरी बालेको पाइएकोले कार्यालयमा सम्पर्क […]
खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन सकेको छैन । वि. सं. २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ मृत […]
काठमाडौं । सरकारले बिना अनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमति बिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् । सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्न […]
धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ । कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]