Sajhamanch Archive

अन्य विधेयक पनि फिर्ता लिन माग :देउवा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on अन्य विधेयक पनि फिर्ता लिन माग :देउवा.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका अन्य विधेयक पनि फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै बोल्दै संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गरेका हुन् […]

गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा विशाल प्रदर्शन

Published: in मुख्य समाचार by . Leave a Comment on गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा विशाल प्रदर्शन.

काठमाडौं । गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् । विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता […]

नदीमा हराइरहेको जीप पत्ता लगाउन गोताखोरको टोली घटनास्थलतर्फ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नदीमा हराइरहेको जीप पत्ता लगाउन गोताखोरको टोली घटनास्थलतर्फ.

काठमाण्डौ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था पत्ता लगाउनका लागि काठमाण्डौबाट गोताखोरको टोली घटनास्थलतर्फ गएको छ । मंगलबारदेखि नै दुर्घटनामा परेर हराएकाहरुको अवस्था थाहा हुन नसकेपछि अहिले गोताखोरको टोली घटनास्थलतर्फ गएको हो । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाण्डौबाट चितवनको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्लातर्फ गएको छ । टोलीले केहीबेरमा […]

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै.

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुदैछ । आज हुने खेलमा उपाधि दाबेदार मानिएको न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्देछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा […]

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट दुई जनाको मृत्यु.

उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको […]

ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् । ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । ओरल्यान्डमा गरिएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु गरेका हुन् । उनले अमेरिकालाई ‘महान’ बनाइराख्न […]

इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इन्डोनेसियामा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु.

काठमाडौं ।इन्डोनेसियाको जाभा टापुमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा डुबेको छ । त्यसमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य चार बेपत्ता भएका छन् । यी मानिसहरू ईद मनाएर फर्किरहेका थिए । पूर्वी जाभा प्रहरीका प्रवक्ता फ्रान्स बारुङ मंगेराले सोमवार तीन फीट अग्लो लहरका कारण डुबेको बताए । काठको डुंगामा ६० जना सवार […]

लोकसेवा विवादको सुनुवाई आज

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोकसेवा विवादको सुनुवाई आज.

काठमाडौं ।सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ । आयोगले […]

भारतले असारमा मल दिन नसक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भारतले असारमा मल दिन नसक्ने.

काठमाडौं । सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरेपनि तत्काल आउने सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् । मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो । मुख्यबाली सिजनमा वर्षेनी […]

जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त: देउवा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जिप दुर्घटनामा यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त: देउवा.

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका थिए । साथै पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल […]