Sajhamanch Archive

डा. खतिवडासहित तीन प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी २७ गते

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा. खतिवडासहित तीन प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी २७ गते.

काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय […]

रंगेलीमा प्रसाद खाँदा ४० जना बिरामी

Published: in समाज by . Leave a Comment on रंगेलीमा प्रसाद खाँदा ४० जना बिरामी.

रंगेली । मोरङको रंगेलीमा पूजाको प्रसाद खान पुगेका ४० जनाभन्दा बढी बिरामी परेका छन् । रंगेली नगरपालिका–७ का पिन्टु दत्तको घरमा आयोजना गरिएको पूजामा प्रसाद खाएका ४० जनाभन्दा बढी छिमेकी बिरामी परेका हुन् । कोजाग्रत पूर्णिमाको रात बंगाली समुदायले प्रत्येक वर्ष लक्ष्मीपूजा गर्ने र सो रात जाग्राम बस्ने गरेका थिए । १५ शनिबार राति पिन्टुको […]

भारतमा एक वर्षको अवधिमा प्याजको मूल्य ९२ प्रतिशतले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भारतमा एक वर्षको अवधिमा प्याजको मूल्य ९२ प्रतिशतले बढ्यो.

भारतमा बितेको एक वर्षमा गहुँबाहेक धेरैजसो अवश्यक वस्तुको भाउ बढेको पाइएको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार एक वर्षको अवधिमा आलुको मूल्यमा ९२ प्रतिशतको वृद्धि भएको छ भने प्याजको मूल्य ४४ प्रतिशतले बढेको छ। यो खाद्य नीतिका लागि एउटा ठूलो चिन्ताका रूपमा देखिएको बताइएको छ। तर विज्ञहरूको बुझाइमा यो वृद्धि अस्थायी हो। उनीहरूका अनुसार […]

कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु.

काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् ।श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना […]

४७ बर्षमा पनि उस्तै ऐश्वर्य रायको सौन्दर्य

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ४७ बर्षमा पनि उस्तै ऐश्वर्य रायको सौन्दर्य.

उमेरले ४७ बर्षकी भइन् ऐश्वर्य राय वच्चन । उनी एक छोरीकी आमा हुन् । यद्यपि यो उमेरमा पनि उनको चमक उस्तै छ, जस्तो कि वैंशालु उमेरमा थियो । उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक छिन् । भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जीवनशैली नै हो । ऐश्वर्य प्राकृतिक खानपानमा रुची राख्छिन् । […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेस पदाधिकारी बैठक बस्दै.

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने छन् […]

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन.

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै […]

सुनचाँदीको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनचाँदीको भाउ बढ्यो.

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी […]

बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि.

काठमाडौं।नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।

पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो

Published: in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो.

पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले यस्तो कदम चालेको बताइएको छ । टिकटकले पाकिस्तान सरकारका शर्तहरु पालना […]