दमौली । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालिकालाई घरबाटै आक्रमण […]
सुनसरी । कोसी राजमार्गअन्तर्गत मोरङको टंकिशिनवारीमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ। शनिबार बिहान विराटनगरबाट भोजपुरका लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको गढी गाउँपालिका–१ का लक्ष्मण यादव र अक्षलाल चौधरी र अर्का एक जना पुरुष घाइते भएका छन्। घाइत मध्ये यादव र चौधरीको […]
काठमाडौं । कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले चाँदी, तामा, पित्तल आदि दान दिए । हुनेखानेले सुन नै चढाइदिए । समयले कोल्टे फेर्दै गयो । […]
काठमाडौं । सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पुयाइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा […]
काठमाडौं ।चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । […]
काठमाडौं काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधानमा ‘एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कुनै एक समितिको अध्यक्ष पदमा बस्न पाउने छैन’ भनी उल्लेख […]
काठमाडौं । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् । नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले […]
काठमाडौं। कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घन्टा चलेको थियो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ मजगाउँका वीरबहादुर चौधरी र टीकापुरका लाहुन चौधरी छन् । कुखुराको खोर हेर्न गएका लाहुन हुरीले पर्खाल […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताएका छन् । उनले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन् र त्यस्ता तत्वहरू सफल नहुने समेत उनले स्पष्ट पारे । भक्तपुरको चारवटै नगरपालिकामा शुक्रबार एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय स्तरमा नै युवालाई […]
काठमाडौं । सम्भावित पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाल आउने भनिएका चिनियाँ टोली प्राविधिक कारणले मात्र ढिलाइ हुन पुगेको खानी तथा भू–गर्भ विभागले स्पष्ट पारेको छ । यसअघि मे महिनामै अन्वेषणको काम थाल्ने तयारी भएकोमा चीनबाट विज्ञसहितको ठूलो टोली आउने भएकाले समय केही पर धकेलिएको विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए । चीनबाट पहिलेभन्दा अलि […]