Sajhamanch Archive

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति.

काठमाडौं ।संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । ३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले […]

अख्तियार र महालेखाका प्रमुख नै लिन्छन् दोहोरो सुविधा, सुशासनको जिम्मा कसले लिने ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अख्तियार र महालेखाका प्रमुख नै लिन्छन् दोहोरो सुविधा, सुशासनको जिम्मा कसले लिने ?.

काठमाडौं।  पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ? संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन् । स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा […]

बालुवाटार जग्गा विवादः प्लटिङकै लागि प्रधानमन्त्री निवास विस्तार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालुवाटार जग्गा विवादः प्लटिङकै लागि प्रधानमन्त्री निवास विस्तार.

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा झुक्याएर व्यक्तिका नाममा दर्ता गरेपछि त्यसमा बाटो पुर्याउन तत्कालीन सरकारले प्रधानमन्त्री निवास विस्तारको योजना बनाएको रहस्य खुलेको छ । त्यस क्रममा सभामुख निवासको पर्खालसमेत भत्काइएको र मोहीका नाममा सरकारी जग्गा नै व्यक्तिलाई नामसारी गरिएको हो । यो काम २०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको हो । […]

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति.

काठमाडौं । सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले भूगोलका ७७ […]

पत्रकारलाई मेयरको धम्की स् अनुशासन मिच्दा पनि नेकपा मौन

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकारलाई मेयरको धम्की स् अनुशासन मिच्दा पनि नेकपा मौन.

काठमाडौं। इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा उनीविरुद्ध टिप्पणी भइराख्दा न प्रशासनले चासो दिएको छ न त उनको पार्टी नेकपाले औपचारिक रूपमा केही बोलेको छ । चौधरीले धम्की दिँदा पदीय मर्यादा मात्र होइन, […]

प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी च्याम्पियन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी च्याम्पियन.

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको हो । तीन दिने प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका छन् । १३ जिल्लालाई उछिनेर पहिलो भएको सुनसरीले शिल्ड, […]

विचार चौतारीले दियो महिलाका लागि उद्घोषण तालिम

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विचार चौतारीले दियो महिलाका लागि उद्घोषण तालिम.

अर्जुनधारा । सृष्टि महिला समूहको आयोजना तथा विचार चौतारी युवा क्लबको सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. १० स्थित शान्ति टोलमा सञ्चालित सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम बुधबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा गरिएको तालिम समापन कार्यक्रममा सो समाजका ज्येष्ठ नागरिक तथा तालिम सम्पन्न […]

मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु.

वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ । जेठ २२ गते दिउँसो पर्साको पोखरिया नगरपालिका ९ बैरियामा ना ११ प २१८१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएकी बिन्दवासिनी गाउँपालिका १ कि २१ बर्षिया प्रभावती देवीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि बसेर सवार प्रभावती देवी दुर्घटनामा गम्भीर घाइते भएकी […]

बाघको छालासहित बारामा १ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाघको छालासहित बारामा १ जना पक्राउ.

बारा। बाघको छालासहित बारामा १ जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजारबाट पैदलयात्री मकवानपुर बैकैया गाउँपालिका–२ बस्ने ३२ वर्षका सोम बहादुर गोलेलाई बाघको छाला १ थान सहित बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय जितपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले […]

बच्चा चाहिएको छ, आमा होइन : सलमान

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बच्चा चाहिएको छ, आमा होइन : सलमान.

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ इदको मेसोमा बुधबारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई समीक्षकले राम्रो रेटिङ दिएका छन् । दर्शकले पनि फिल्म निकै रुचाएका छन् । ‘बजरंगी भाईजान’ पछि फेरि एकपटक सलमानले रुवाउने प्रतिक्रिया फिल्मलाई मिलेको छ । अली अब्बास जफरले यसको निर्देशन गरेका हुन् । रिलिजपूर्व सलमानले फिल्मको प्रचारमा कुनै […]