काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष तथा सांसद सीतादेवी यादवले सरकारले गौरवमय पूर्वाधारलाई छायामा राख्न खोजेको आरोप लगाएकी छिन् । ‘‘यो सरकारले सानातिना कुरामा अल्झिएर गौरवमय पूर्वाधारलाई छायामा राख्न खोजेको छ,’’ उनले भनिन्, ‘‘त्यसको ज्वलन्त उदाहरण हो बूढीगण्डकी जलविद्युत आयोजना बजेटमा नसमेटिनु ।’’ सांसद यादवले सरकारले काम गर्न नसकेकै कारण चालु आर्थिक वर्षमा […]
सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए ।, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ नि ? […]
काठमाडौँ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य अभावमा स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण देखाउँदै बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बिहीबारका लागि बैठक तोकिएको थियो । तर पार्टी अध्यक्ष पुष्प कमल […]
उदयपुर ।उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोबार गर्ने ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बुधबार राति विशेष सुराकीको आधारमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजासहित रौतामाई गाउँपालिका ७ बस्ने वर्ष २२ को युवराज मगरसहित ६ […]
युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको […]
खार्तुम । सुडानमा विपक्षी कार्यकर्ताले सैनिक परिषदको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदर्शनकारीमाथिको हिंस्रक दमनका कारण सेनामाथि भरोसा गर्ने अवस्था अब नरहेको विपक्षी कार्यकर्ताले बताएका छन् । विपक्षी कार्यकर्ताले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको हिंस्रक आक्रमणमा कम्तिमा १०० जना मानिस मारिएको जनाएका छन् । राजधानी खार्तुममा नाइल नदीबाट ४० शब निकालिएको विपक्षीहरुले बताएका छन् । […]
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ जेठमा सार्वजनिक गरेको हिन्द–प्रशान्त ९इन्डो–प्यासिफिक० राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दै छ । यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोंगा र भियतनामसँग […]
काठमाडौं । पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ । कोषका कोषाध्यक्ष […]
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्। सचिवालय स्रोतका अनुसार दर्ता भएर संसद्मा पुग्नुपर्ने विधेयकहरू महिनौंसम्म संसद्मा पुगेका छैनन् । फागुन २८ गते दर्ता भएको राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास, माघ १४ मा दर्ता शान्ति र सुरक्षा, पुस २४ […]
काठमाडौं।भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो । त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म […]