काठमाडौं। नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो । थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै […]
काठमाडौं। राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा अलगअलग व्यवस्था भएकाले अन्योल बढेको छ । सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा.गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो । […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाउन बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि जिल्ला नेतृत्वको टुंगो लाग्न नसकेको बताइएको छ […]
रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीय एक समूहले राजपुर नगरपालिकाका मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर यस […]
काठमाडौ । कलाकार सरिता लामिछानेले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै आज पत्रकार सम्मेलन गरेकी छन् । उनले पत्रकार सम्मेलनमार्फत आफूले कलाकार संघको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएपछि धाकधम्कीहरु बढेको बताएकी छन् । आउँदो जेठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पीडा दुखेसो, […]
काठमाडौं । नायिका आँचल शर्माले चलचित्र ‘दाल भात तरकारी’ मा काम गरेता पनि चलचित्रले समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएन । गत बर्ष ‘ब्ल्याक’ नामक चलचित्रबाट खासै राम्रो तारिफ नपाएकी आँचलले यो बर्ष रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ हिट भए पनि त्यसबाट फाइदा लिन सकिनन् । आँचल शर्माले चलचित्र ‘डामाडोल’ मा काम गर्ने पक्का भएको […]
विराटनगर । सार्वजनिक विदाका कारण प्रदेश एक सरकारले बुधबार प्रस्तुत गर्ने भनेको नीति तथा कार्यक्रम एकदिनका लागि पछाडि सरेको छ। नेपाल सरकारको मन्त्रीपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिएसँगै आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुतिको समय बिहीबार ३ बजेसम्मको लागि सरेको हो। बुधबार विराटनगर स्थित प्रदेशसभा बैठकमा […]
सुनसरी । धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमा सांघातिक अक्रमण भएको छ। गएराति धरान–१२ चतरालाइन स्थित अनलाइन टीभीमा काम गरिरहेका वेला अचानक आक्रमण भएको राईले जानकारी दिए। उनलाई अपरिचित ५–६ जनाको समूहले आक्रमण गरेको हो। राईको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ६ टाँका लगाइएको छ। राईलाई मंगलबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको […]
सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो। बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो। प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग […]