काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले वायु प्रदूषणका कारण विश्वभरीमा वर्षेनी ७० लाख मानिसको मृत्यु भइरहेको जनाएका छन् । यसले बालबालिकाको विकासमा अप्ठेरो भइरहेको र अर्थतन्त्रलाई क्षति गरिरहेको तथा विश्वव्यापी रुपमा मौसमको आपतकालको अवस्था ल्याएको जनाएका छन् । विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ठूलो शहर […]
विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ […]
काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ […]
अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ । घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ […]
काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगले तत्कालीन जिल्ला समन्वय सििमति, […]
काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते ९जुन २८० हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ । एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ । तोकिएको समयमा […]
धनुषा । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ […]
काठमाडौं। सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्जरसहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी […]
काठमाडौं। खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा […]
रोल्पा ।आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि […]