काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो। कांग्रेस सांसद डा. डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन् । विधेयक फिर्ता भइसकेपछि सरकार तथा दलका प्रमुख सचेतकसँग छलफल गरेर […]
काठमाडौँ । आर्थिक वर्ष २०७६ ७७ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिए । बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो । बजेटमाथिको छलफलमा सांसद […]
कोलंबो । श्रीलंकामा बौद्ध समुदाय को भिक्षुहरुको आमरण अनशन र इलाकाको तनावपूर्ण माहोल लाई मध्यनजर गर्दै सोमवार दुई मुस्लिम गर्वनर हरुले राजिनामा दिएका थिए । यसको केहि समय पछि सबै मुसलमान मंत्रिहरुले पनि राजिनामा दिएका छन् । अधिकारिहरुले बताएअनुसार पश्चिमी प्रांतको गर्वनर अजथ सल्ली र पूर्वी प्रांत को गवर्नर एमएएलएम हिसबुल्ला ले आफ्नो राजिनामा राष्ट्रपति […]
मेचीनगर । करेन्ट लागेर मेचीनगरमा सोमबार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सोही वडाका मणिकुमार लिम्बुको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई […]
एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले सोफिया गाड्रेनमा श्रीलङ्काको सामना गर्दैछ । पहिलो खेलमा कमजोर सुरुवात गरेका दुबै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलङ्का पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पहिलो खेलमा बलियो टोली अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको […]
काठमाडौं । सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा […]
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ । रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना […]
काठमाडौं । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ । विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गर्नुभएको थियो । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा […]