काठमाडौं ।ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ रु सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर । विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६र७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ […]
कालिकोट। कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल […]
काठमाडौं। नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरकरविशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही […]
बिराटनगर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताए । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति आफूहरु दृढ रहेको पनि बताए । ‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी […]
चितवन । बाघको आक्रमणबाट चितवनमा नेपाली सेनामा कार्यरत एक सैनिक गम्भीर घाइते भएका छन्। कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विकलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्। उनलाई शुक्रबार अपराह्न ड्युटीमै रहेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते विकलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पताल […]
भारत सरकारले देशमा बेरोजगारी दर बढेको सम्बन्धी तथ्यांक जारी गरेको छ । लोकसभा चुनावअघि यो तथ्यांक चुहावट भएको थियो र यसलाई लिएर विवाद र्सिजना भएको थियो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अहिले आएर सरकार आफैले यो तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांकमा स्वीकार गरिएको छ कि भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष […]
चितवन । केही दिन अघिबाट रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु हुने भएको छ। रंगशाला निर्माण क्षेत्र आसपासका स्थानीय विभिन्न टोलविकास संस्थाहरुले निर्माणमा पूर्णसहयोग गर्ने प्रतिबद्धता जनाएपछि धुर्मुस सुन्तली फाउण्डेसन काम अगाडि बढाउन सहमत भएको हो। शुक्रबार साँझ महानगर, फाउण्डेसन र स्थानीयबीचको वार्ताका क्रममा स्थानीय ५ वटा टोल विकास संस्थाले निर्माणका […]
सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन्। कांग्रेसको जनजागरण अभियानका लागि सुर्खेत पुगेका पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्नेतर्फ उद्धत रहेको बताएका हुन्। चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै नेता पौडेलले ओली सरकार तानाशाह बन्नेतर्फ उन्मुख भएको दाबी गरे। ‘हिटलरले पनि चुनाव जितेर […]
डोल्पा । यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु भएको छ। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जाजरकोटका दुईजनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र जाजरकोटकै २२ वर्षीय रमेश चलाउने रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। लेक लागेर बिरामी परेका चलाउनेको बिहीबार […]
काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर […]