काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्यादेवि भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । शुक्रबार उनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुबै […]
स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउन सबैले सहज वातावरण बनाउनुपर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ। सरोकारवाला पक्ष सबैले गरेको प्रतिबद्धतासहितको आग्रहलाई सकारात्मकरूपमा लिएको र अब ती प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए। उनले सबैभन्दा महत्वपूर्ण भूमिका रंगशाला निर्माणस्थलका स्थानीयले खेल्नुपर्नेमा जोड दिएका छन्। केही अराजक प्रवृतिका व्यक्तिले […]
काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएको भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय […]
बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि बिर्तामोडमा दुई दिवसीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलसहित विभागीय प्रमुखहरुले सहजीकरण गरिरहेका छन् । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ति विकासका लागि साप्ताहिकरुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यसअघि पनि बैंकले जेठ ३ […]
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज तीन वटा चलचित्र प्रदर्शनमा आएका छन् । दीपक ओलीले निर्देशन गरेको ‘कुम्भ करण’, सम्राट सापकोटा निर्देशित ‘कप्स’र मदन घिमिरेले निर्देशन गरेको ‘काउसो’ एक साथ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘कुम्भ करण’मा गौरव पहारी, नीशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल लगायत कलाकारको अभिनय रहेको छ । ‘कप्स’मा अनुप विक्रम शाही […]
काठमाडौँं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मोदीको दोस्रो कार्यकालको सपथ समारोहमा भाग लिन पुगेका ओलीले समकक्षीसँग शुक्रबार दिउँसो भेटवार्ता गरेका हुन् । मोदीको सपथ समारोहमा प्रम ओली बिहीबार छिमेकी राष्ट्रको अतिथिकारुपमा सहभागी भएका थिए । मोदीले बिहीबारै ५८ सदस्यीय मन्त्रीमण्डल […]
काठमाडौं । अग्रणि व्यवसायी प्रभाकरशमशेर राणाको निधन भएको छ । ८४ वर्षीय राणाको अमेरिकामा उपचारको क्रममा आज राति निधन भएको हो । उनको ढाडसम्बन्धी रोगको उपचार भइरहेको थियो । अमेरिकाको स्थानीय समयअनुसार मे ३०, साँझ साढे ४ बजे नेपाली समय अनुसार शुक्रबार बिहान करिब दुई बजे राणाको निधन भएको बताइएको छ । राणा सिप्रदी ट्रेडिङका […]
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुलीले विश्वकप २०१९ को उपाधि उचाल्ने पाकिस्तान टोली पनि मुख्य दावेदारको रुपमा रहेको बताएका छन् । उनले विश्वस्तरीय क्रिकेट प्रतियोगितामा पाकिस्तानको टोलीले इंग्ल्यान्डको घरेलु मैदानहरुमा उत्कृष्ट प्रदर्शन गरेकोले उपाधिको लागि पाकिस्तान टोली प्रमुख दावेदार रहेको बताएका छन् । पाकिस्तानले दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले दिएको ३ सय ७३ रनको लक्ष्य […]
बिराटनगर । प्रेमीकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित […]
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । […]