काठमाडौं ।आज मे ३१ अर्थात् विश्व धुम्रपानरहित दिवस । ‘सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर धुम्रपानरहित दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा झन्डै ९० लाख व्यक्तिले धुम्रपान र सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् । सूर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको […]
इलाम। छुरा प्रहारबाट घाइते भएका इलाम नगरपालिका–१२ साङरुम्बाका सुकराज नेम्बाङको उपचारको क्रममा मृत्यु भएको छ। नेम्बाङलाई गत जेठ १४ मा सामान्य विवादका क्रममा स्थानीय बिनोद राईले छुरा प्रहार गरी घाइते बनाएका थिए। उनलको बिहीबार झापाको बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। छुरा प्रहार गर्ने राईलाई जेठ १६ मा इलाम नगरपालिका–११ […]
धनुषा ।आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली […]
काठमाडौं। आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले […]
काठमाडौं ।पद उही । परीक्षा उही। हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ रु अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई […]
काठमाडौं ।नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो । […]
काठमाडौं। सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित ९अधिकृत र सोभन्दा माथि० का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो । कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । बढेपछि राष्ट्रपतिको मासिक तलब […]
काठमाडौं ।श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन् । “पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद् बासु बिडारीले […]
झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झापा विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका दुई होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आठै जनालाई आज जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ । विर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको […]
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए । मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए ।