Sajhamanch Archive

‘प्रेम दिवस’ को शीर्ष गीत सार्वजनिक

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘प्रेम दिवस’ को शीर्ष गीत सार्वजनिक.

काठमाडौं । चलचित्र ‘प्रेम दिवस’ को शीर्ष गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेललगायतका कलाकारको मुख्य भूमिका छ । रियल मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सञ्जय न्यौपाने […]

बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु १७ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु १७ जना घाइते.

नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–१४ का ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँका ७० वर्षीया जमुना मापथान रहेका छन् । मृतक एकजना महिलाको सनाखत भएको छैन । बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको […]

संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति सांसदहरुको आपत्ति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति सांसदहरुको आपत्ति.

काठमाडौं।राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय सभाकी सांसद डा. विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको सो प्रस्ताव मान्य नहुने अडान राखेका हुन। संघीय संसदको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको […]

आगलागीमा परी एक महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगलागीमा परी एक महिलाको मृत्यु.

डोटी । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५र३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल […]

बजेट आएसँगै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बजेट आएसँगै बढ्यो पेट्रोलियम पदार्थको मूल्य.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलका साथै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । प्रत्येक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेसनले मूल्यसूची पठाएसँगै समायोजन गर्ने गरेको आयल निगमले यो समयअगावै मूल्य बढाएको हो । अहिले […]

बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु,२१ जना भन्दा बढी घाईते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु,२१ जना भन्दा बढी घाईते.

बुटवल। नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए […]

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स.

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् । भारतीय विदेश मन्त्रालयका […]

मुगुमा ४ दशमलव ६ म्यानेच्युटको भूकम्प

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुगुमा ४ दशमलव ६ म्यानेच्युटको भूकम्प.

काठमाडौं । मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्का अझै रोकिएको छैन।

क्रिकेट रंगशालाको निर्माणको काम स्थगित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट रंगशालाको निर्माणको काम स्थगित.

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ । बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण […]

विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदै.

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार दिउसो सवा […]