विर्तामोड । जिल्लामा कोभिड १९ को संक्रमण फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले आज २ कार्तिकदेखि कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरेर सोबारे जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको सो सूचनामा अत्यावश्यक काममा बाहेक सो […]
काठमाडौं । अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ ।सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । […]
सप्तरी । लागूऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आज […]
कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फिल्मको छायांकन थालिएको निर्माता सुनिल कुमार थापाले जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु गरेको उनले बताए । उनका अनुसार, २० […]
काठमाडौं । कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएको बताइएको छ । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुर्याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका […]
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना […]
काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् । अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको […]
कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट […]
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । […]
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो । आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज […]