Sajhamanch Archive

खुल्दै तातोपानी नाका, सामान लिन खासा पुगे चारवटा कन्टेनर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुल्दै तातोपानी नाका, सामान लिन खासा पुगे चारवटा कन्टेनर.

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि खुल्ने भएको छ । नाका औपचारिक रुपमा भोली बुधबार १५ गते बाट सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नाकाको उद्घाटन गर्ने भएका छन् ।’ नाकामा सामान लिन ४ वटा कन्टेनर खासा गइसकेको’ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । “नाका […]

बैंकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी हाने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी हाने.

दैलेख । जिल्ला सदरमुकाम स्थीत मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या गर्न प्रयास गरेका छन् । दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले बताए । प्रहरीका अनुसा मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन […]

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री.

संखुवासभा । सिलिचोङ गाउँपालिका–२ बालामा रहेको हिमाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाँक्री राखिएको छ । विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्ने जस्ता लक्षण देखा परेकाले शान्तिका विद्यालयमै धामी राखिएको प्रधानाध्यापक गंगाराज राईले बताए । गाउँको कुल देवता रिसाएका भनी अभिभावकले धामी राख्न आग्रह गरेकाले विद्यालयमै धामी राखिएको राईको […]

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइँदै.

काठमाडौं । मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस । नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ । नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर […]

तीन अर्ब भन्दा बढीे फेसबूक अकाउन्ट बन्द

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on तीन अर्ब भन्दा बढीे फेसबूक अकाउन्ट बन्द.

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् […]

प्रदेश ३ को पहिलो जित 

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश ३ को पहिलो जित .

काठमाडौं । तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा प्रदेश ३ ले जित निकालेको छ । सोमबार भएको खेलमा प्रदेश ५ लाई ४ विकेटले पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कपमा पहिलो जित निकालेको हो । प्रदेश ३ पहिलो खेलमा एपीएफसँग ४१ पराजित भएको थियो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा […]

अन्तिम खेलमा युभेन्टस पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अन्तिम खेलमा युभेन्टस पराजित.

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ । च्याम्पीयन भइसके पनि युभेन्टस अन्तिम खेलमा साम्पडोरियासँग २–० को गोलअन्तरले पराजित भएको हो । साम्पडोरियाको जितमा ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गरेको गोल पर्याप्त भयो । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा युभेन्टस पराजय भोग्न बाध्य भएको छ । खेल सकिन ६ […]

नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते.

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट […]

विप्लव समूहका ७ जना कार्यकर्तामाथि प्रहरीद्धारा थप अनुसन्धान हुँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहका ७ जना कार्यकर्तामाथि प्रहरीद्धारा थप अनुसन्धान हुँदै.

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आजै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले […]

आज विप्लव समूहको बन्द, देशभर उच्च सुरक्षा सतर्कता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज विप्लव समूहको बन्द, देशभर उच्च सुरक्षा सतर्कता.

काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कार्यकर्ताको ज्यान लिएको विरोधमा विप्लव समूहले आज सोमबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दमा हुने सम्भावित गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी […]