Sajhamanch Archive

१५ हजार कर्मचारी माग्दै लोकसेवा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १५ हजार कर्मचारी माग्दै लोकसेवा.

काठमाडौं । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो […]

बजेट तयारीः वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बजेट तयारीः वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने.

काठमाडौं ।  नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको […]

विप्लव समूह बदलाको मनस्थितिमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूह बदलाको मनस्थितिमा.

काठमाडौं । आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम […]

वातावरण बिगार्नेलाई ५० लाखसम्म जरिवाना !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वातावरण बिगार्नेलाई ५० लाखसम्म जरिवाना !.

काठमाडौं। ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ । उक्त विधेयकअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षणको दृष्टिले पूर्वसावधानी अपनाउनुपर्ने भएमा आवश्यक आदेश जारी गर्न सक्नेछ । संक्षिप्त वातावरण अध्ययन प्रतिवेदन […]

सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबावसांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबावसांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव.

काठमाडौं । स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्म्विपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा कांग्रेस नेता […]

तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुटः लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुटः लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको.

काठमाडौं। तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ […]

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक.

काठमाडौं ।  छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो । स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, […]

पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प.

काठमाडौं । पेरुमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ। आइतवार दिउँसो उत्तरी पेरुलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ । पेरुको आपतकालिन विभागले भने यो भूकम्पको मापन ७।२ म्याग्निच्यूड मापन गरेको समाचार एजेन्ससी एसोसियट प्रेसले जनाएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेवानी केन्द्रले सुनामीको कुनै पनि सम्भावना नरहेको जानकारी दिएको छ […]

धरानमा लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानमा लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार.

धरान । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ । […]

उपराष्ट्रपति पुन आजदेखि अष्ट्रियाको भ्रमणमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपराष्ट्रपति पुन आजदेखि अष्ट्रियाको भ्रमणमा.

काठमाडौंं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको एकसाता लामो भ्रमणका लागि आज प्रस्थान गर्ने भएका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति पुन भियनामा जेठ १४ गते हुने जलवायु सम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । पुन आइतबार बिहान ९ः२० बजे अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमा […]