Sajhamanch Archive

नयाँ अध्ययन भन्छ- भात खाँदा तौल घट्छ !

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on नयाँ अध्ययन भन्छ- भात खाँदा तौल घट्छ !.

जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ । यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो । ती मानिसको भात खाने चलन तथा क्यालोरी इनटेकलाई दृष्टिगत गर्दै सर्वेक्षण गरिएको थियो । त्यसमा हरेक मुलुकका क्यान्डिडेटको बीएमआई (बडी, मास इन्डेक्स)को डाटालाई पनि हेरिएको थियो । सर्वेक्षणका लिड रिसर्चर प्रोफेसर टोमोको भन्छिन्, ‘‘अध्ययनबाट के […]

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु.

काठमाडौं । प्रधानमन्त्री टेरिजा मे ले आगामी महिना पद त्याग गर्ने घोषणा गरेपछि बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु भएको छ । सत्तारुढ कन्जर्भेटिभ पार्टीका १२ जनाभन्दा बढी सांसद प्रधानमन्त्रीको दौडमा सहभागी हुने सम्भावना देखिएको छ । हालसम्म पाँच जनाले दावेदारी प्रस्तुत गरिसकेका छन् । हालका विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोनसन, स्वास्थ्य मन्त्री […]

कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा.

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजना अन्तर्गतको सबस्टेशन निर्माण कार्य करिब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती न्यू बुटवल २२० र १३२ केभी सबस्टेशन आयोजनाको निमार्ण कार्य पूरा हुन अझै करिब चार महिना लाग्ने आयोजनाले जनाएको छ । २२० र १३२ र ३३ […]

द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह- खनाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह- खनाल.

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरूको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरे। द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले […]

मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने.

काठमाडौं।  मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् । राजदूत पाण्डेले गोरखापत्रसँग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री […]

भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए.

काठमाडौं । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । कान्तिपुर दैनिकबाट ।

मन्त्री अर्यालको सगरमाथा आधार शिविर यात्रा खर्च ५० लाख

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मन्त्री अर्यालको सगरमाथा आधार शिविर यात्रा खर्च ५० लाख.

काठमाडौं। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो । टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा […]

११ खर्बको आयातमा २ खर्बको पेट्रोलियम पदार्थ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११ खर्बको आयातमा २ खर्बको पेट्रोलियम पदार्थ.

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो । मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ […]

विश्व सम्पदा सूचीमा सूचिकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विश्व सम्पदा सूचीमा सूचिकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल.

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । १० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै […]

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी.

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, […]