Sajhamanch Archive

पशुपतिनाथको कमाइ सवा अर्ब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशुपतिनाथको कमाइ सवा अर्ब.

काठमाडौं। पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ । भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २१ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो । यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । श्रीपशुपतिनाथको गुठी जग्गा छानबीन तथा संरक्षण समितिले जग्गा छानबीन गर्ने क्रममा रकमको विवरण […]

भारतमा मोदीको पुनरागमन कूटनीतिमा फेरबेदल नहुने विश्वास

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतमा मोदीको पुनरागमन कूटनीतिमा फेरबेदल नहुने विश्वास.

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् । भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन […]

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम.

काठमाडौं । नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो । देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान […]

सांसदको ध्यान पैसातिर

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसदको ध्यान पैसातिर.

काठमाडौं। सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्र्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो । टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेर्त यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम […]

भीरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भीरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु.

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका–१४ भीरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ। जंगलमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुंगाले लागेर ६० वर्षीया सीता बुढाथोकीको मृत्यु भएको हो। बिहिवाट दिउँसो ४ बजे दोभाने भन्ने ठाउँमा घाँस काटिरहेको अवस्थामा भीरबाट खसेको ढुंगाले लागेर बुढाथोकी घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ। बुढाथोकीको शव […]

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु.

काठमाडौँ । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गुराँस गाउँपालिका वडा नम्बर एक रिगलपानीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भएको छैन । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको प्रहरीले जनाएको छ ।

परिवारमा थियो ९ भोट, पाए ५ भोट 

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on परिवारमा थियो ९ भोट, पाए ५ भोट .

पञ्जाव। यहाँको जालन्धर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारलाई परिवारकै सदस्यले भोट नदिएपछि क्‍वाँ क्‍वाँ रोएका छन्। चुनावी मैदानमा उत्रिएर उनलाई परिवारकै सबै सदस्यले भोट हालेनन्। कुल ८४० भोट ल्याएका उम्मेदवारको नाम हो निटु । यहाँको टान्डा सडकमा यिनको सटरको कारोबार छ। जालन्धर मात्रै नभएर आसपासको इलाकामा पनि निटु शटरावालाको नाममा चर्चित छन्। उनी […]

बेलायतकी प्रधानमन्त्री टेरिजा मेद्धारा पदबाट राजीनामाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतकी प्रधानमन्त्री टेरिजा मेद्धारा पदबाट राजीनामाको घोषणा.

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्। अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्। भावुक बनेकी टेरिजाले डाउनिङ्ग स्ट्रिटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिश गरेको बताएकी छन्। उनले सम्बोधनका […]

७ करोड ६७ लाख ९४ हजार नक्कली नोट सहित ६ जना पक्राउ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट सहित ६ जना पक्राउ.

काठमाडौं । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको जाली नोट बरामद गरेको हो । तीन पाकिस्तानी नागरिक सहित ६ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ […]

एक हप्तामा विभिन्‍न घटनाबाट बैतडीमा १० को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक हप्तामा विभिन्‍न घटनाबाट बैतडीमा १० को मृत्यु.

बैतडी । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँचजनाको सवारी दुर्घटनामा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । यस्तै, तीनजनाको आगोमा जलेर मृत्यु भएको छ भने दुईजनाले आत्महत्या गरेका छन् ।